काठमाडौ
असार २६
चितवन र लाजिम्पाटमा भएका छुट्टाछट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
लाजिम्पाटमा कारको ठक्करबाट एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
बुधबार राति सांग्रिला होटल अगाडि बा ५ च मात्र खुलेको रातो रंगको कारले बा ९३ प २०५० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक भिमबहादुर गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ ।
उहाँको ठेगाना खुल्न बाँकी रहेको पनि प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट घाइते भएका गुरुङको उपचारका क्रममा ट्रमा सेन्टरमा ज्यान गएको हो ।
दुर्घटनामा स्कुटरको पछाडि बसेका स्याङजाका सन्तोष घर्तीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भैरहेको छ ।
ठक्कर दिएपछि भागेको कारको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
यस्तै चितवनमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट चन्द्रनिगाहापुर नगरपालिका ८ का ३५ वर्षीय दुख माझी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
घटनामा अर्का एक जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फ गईरहेको ना ५ ख ७२९३ नम्बरको ट्रकले बाटो काट्नेक्रममा माझीलाई बुधवार राति ८ स् ४० बजे ठक्कर दिएको थियो।
उनको उपचारका क्रममा भरतपुर अस्पतालमा राति ९ः ४० बजे मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। ठक्करबाट अर्का एक घाइते भएका छन्।
घाइते चन्द्रनिगाहापुर ८ कै ४५ वर्षीय गोविन्द माझीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।