नवलपरासी,
असार २६ –
सौगात अधिकारी नौ दिनदेखि सम्पर्कविहीन भएका छन ।
नवलपरासीको मध्यविन्दु–२ कोलुवाका अधिकारी नौ दिनदेखि सम्पर्कविहीन भएका हुन ।
असार १७ गते घरबाट बुटबल जान्छर भनेर हिँडेका २८ वर्षीय अधिकारी त्यसपछि घर नफर्किएको परिवारले जनाएको छ ।
कहिँ कतै भेटिए खबर गरिदिन परिवारले अनुरोध गरेको छ ।
बुटवल जान्छु भनेर हिँडेको दिन राति सौगातले आफू हेटौडामा साथीहरुसँग रहेको र केही दिनमा घर फर्किने बताएको र त्यसपछि सम्पर्क नभएको उहाँका मामाका छोरा नितेश सापकोटाले जानकारी दिनुभयो ।
कावासोतीमा कन्सल्ट्यान्सी दर्ता गरेर कार्यालय खोल्न सजावटको काम समेत सकिसकेका बेला भाइ सम्पर्कविहीन भएको नितेश सापकोटाले जानकारी दिनुभयो ।
उहाँलाई कसैले देखे वा भेटे फोन नम्बर ९८४७२५३७७६, ९८६७८५६१४२, ९८०१०८६४२६, ९८१८५५६५६३ मा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ ।