अनिल खत्री
२७ आसर, गुल्मी –
गुल्मीको एक धार्मिक, ऐतिहासिक एबं पर्यटकीय क्षेत्रमा पर्यटकको आकर्षक गनतव्य बनाउन धमाधम निर्माण कार्य गरिएको छ । जिल्लाको सदरमुकाम तम्घास बाट दक्षिण तर्फ शिरमा रहेको धार्मिक तथा ऐतिहासिक महत्वले भरिपूर्ण स्थल अर्जुन डाँडामा पर्यटकीय क्षेत्र बनाउन धमाधम निर्माण सुरु भएको हो ।
जिल्लाको सदरमुकाम स्थित रेसुङ्गा नगरपालिका वडा नम्बर ७ तम्घासको काखैमा रहेर पनि यसको प्रचुर प्रचार–प्रसार हुन सकेको छ्रैन् ।
अर्जुन क्षेत्रमा पर्यटकीय क्षेत्र बनाउन प्रदेश नम्बर ५ सरकारको सामाजिक बिकास मन्त्रालय सहयोगमा प्रबेशद्धारा, पानीको फोहोरा फाल्ने सहितको पोखरी निर्माण, बनभोज जानेहरुको लागि भवन बनाउने गरि रु २० लाखको लागतमा निर्माण कार्य भइरहेको निर्माण समितिका सदस्य टिका पन्थीले बताए ।
योसँगै अर्जुन क्षेत्रसम्म पुग्ने बाटोलाई व्यवस्थित गर्ने, पाकिंङ्ग स्थल निर्माण गर्ने, मन्दिर क्षेत्रमा अरु थप ४ वटा मन्दिरहरु निर्माण गर्ने, बिभिन्न पोखरीहरुलाई मर्मत गर्ने कामहरु गरिने रेसुङ्गा नगरपालिका वडानम्बर ७ का वडाअध्यक्ष मोहनप्रसाद पाण्डेयले बताए । उनका अनुसार अर्जुन क्षेत्रलाई अगाडी ल्याउनको लागि स्तरिय मोटरबाटो बनाउन प्रदेश सरकार, केन्द्र सरकार र नगरपालिकामा लागत स्टेमेट गरेर माग गरिएको बताए ।
सदरमुकाम नजिकै हुँदा समेत यसको धार्मिक र पर्यटकिय महत्वलाई जनमानसमा ल्याउन नसक्दा ओझेला छ । करिव २ हजार मिटर उचाईमा रहेको अर्जुन डाँडा धार्मिक,ऐतिहासिक,पुरातात्विक र जैबिक विविधताको महत्वपूर्ण मानिन्छ । बि.सं.१४९३ भन्दा पहिले राजाले राज्य गरेको ठाउँ सो को भग्नावशेषहरु थिए भन्ने किम्न दन्ती रहेको छ ।
उक्त डाँडामा पाँचपाण्डव मध्येका अर्जुनको आगमनले यस लेकको नाम अर्जुन रहेको भन्ने मान्यत रहेको छ । ।
खानेपानी, मोटरबाटो पनि उत्तिकै समस्या रहेको उक्त ठाउँमा ०६४ सालबाट मोटरबाटो लगिएको छ ।
ऐहिासिक मन्दीरसँगै झण्डै १ सय मिटर लम्वाईको गुफा पनि नजिकै रहेको छ । मन्दीर परिसरबाट सुन्दर तम्घास बजारसँगै धवलागिरी, अन्नपूर्ण, माछापुच्छे लगायतका हिम श्रृखलाहरु रमणिय दृष्य देृख्न सकिन्छ । हाल अजुन डाँडा मन्दीरमा सामान्य केहि वनभोज खान जानेसँगै ऐतिहासिक स्थलहरु हेर्न आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्दछन् ।