काठमाडौ
असार २७ –
अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी मुलुकभरमा १६ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता, डीआईजी विश्वराज पोखरेलले दिनुभएको जानकारी अनुसार खोटाङमा ३, भोजपुरमा २, काभ्रेमा २, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, ललितपुर र पर्सामा १र१, काडमाडौँमा ३ जनाको मृत्यु भएको छ ।
बाढी र पहिरोमा परेकाहरुको उद्धारका लागि केन्द्र, प्रदेश मातहतमा रहेका सबै जनशक्ति परिचालन गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो ।
मौसम तथा बाढीको विषम अवस्था अझै दुईदिनसम्म रहने भएकोले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
विभागले आज दिउँसो विज्ञप्ति जारी गरी मौसम र बाढीको जानकारी आवश्यक परेमा मौसम तथा बाढी पूर्वानुमान महाशाखामा सम्पर्क गर्न पनि भनेको छ ।
वर्षाका कारण वाग्मती, कमला लगायतका स–साना नदीहरुले समेत खतराको तह पार गरेका छन् ।
विभागका अनुसार केही दिनदेखि सक्रिय रहेको मनसुन २६ असारदेखि थप सक्रिय भएको छ ।
यही समयमा मध्य तराई क्षेत्रमा सशक्त न्यून चापीय प्रणाली समेत विकसित भएकोले मध्य तथा पूर्वी नेपालका पहाडी र तराई क्षेत्रमा अविरल वर्षा भइरहको छ ।
देशभर भारी वर्षा हुन थालेपछि जल तथा मौसम विज्ञान विभागले देशभरका १८ स्थानलाई बाढी९पहिरोको जोखिममा रहेको भन्दै उच्च सतर्क अवस्थामा रहन आसपासका बासिन्दालाई आग्रह गरेको छ।
नारायणी, कोसी, बागमती, कमला र कनकाई नदीको तटमा पर्ने १८ स्थानमा हाई एलर्ट जारी गरिएको छ।
यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतक परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।
लगातारको झरीका कारण आएको बाढी पहिरोले अहिलेसम्म ज्ञट जनाको ज्यान गएको छ ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै राहत र उद्धारका तदारुकताका साथ गर्न आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको पनि उल्लेख गर्नुभएको छ ।
यस्तै पूर्व सूचना प्रणालीलाई अझ बढी प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय रहेको बताउनुभएको छ ।