काडमाडौ
असार २८
भोलिसम्म देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मध्य र पूर्वी नेपालको तराई भू–भागमा र पश्चिमी नेपालको पहाडी भू–भागमा मनसुनी न्यूनचापीय रेखा रहेकाले भेलिसम्म देशभर मनसुन सक्रिय रहने भएको हो ।
भोलिसम्म देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै न्यूनचापीय रेखासँगै न्यूनचापीय क्षेत्र पनि मध्य र पूर्वी नेपालनजिक रहेकाले आइतबारसम्म मनसुन अतिसक्रिय रहने जनाएको हो ।
महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै आज देशभर मनसुनी वर्षा जारी रही देशका
पूर्व र मध्य क्षेत्रका तराई तथा पहाडी भू–भागमा केही स्थानमा र पश्चिमी भू–भागका तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
राति देशका पूर्व र मध्य क्षेत्रका पहाडी भू–भागका केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
भोलि देशभर पूर्णबदली रही अधिकांश स्थानमा वर्षा हुने र खासगरी पूर्व तथा मध्य क्षेत्रका केही स्थानमा र पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबिच
लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव तीन लाख क्यूसेक नाघेको छ। पहाडी क्षेत्रमा पानी पर्न नरोकिएपछि बहाव उच्च भएको हो।
अपरान्ह ४ बजेको मापन अनुसार कोशीमा पानीको बहाव ३ लाख ७ हजार ६ सय ५७ क्यूसेक पुगेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक इश्वरी दाहालले जानकारी दिनुभयो ।
उहाका अनुसार अहिले ५६ ढोकामध्ये ४० ढोका खोलिएका छन्।
वर्षा निरन्तर जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ।
यसैबीच प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोशी ब्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ।
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण ३४ जनाको मृत्यु भएको छ ।