चुरामणी तिमिल्सीना,
असार २९ , पाल्पा –
राधाकृष्ण कृषि कृषक समूह तानसेन नगर पालीका १४ पाल्पाले छैठौ बार्सिकउत्सब मनाएको छ ।
समुहका उपाध्यक्ष बसन्ता ज्ञवाली को अध्यक्षतामा नगर पालीका १४ ले छैठौ बार्सिकउत्सब मनाएको हो ।
कार्यक्रममा तानसेन नगर पालीका १४ का वाड महिला सदस्य सीता ज्ञवालीको प्रमुख आथित्यता,
तानसेन नगर पालीका १४ का कृषि प्राबिधिक रमा कंडेल , कृषि जोन कार्यक्रम अर्गलिका प्रमुख सिर्जना भट्टराई र भेटनरिका सन्तोस भट्टराई को कार्यक्रममा विशिष्ट आथित्यता रहेको थियो ।
रामनाथ ज्ञवाली को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा समुह का सचीव सुन्दर ज्ञवालीले २ लाख ३४ बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
गोदाबरी ज्ञवाली , यज्ञदत्त ज्ञवाली, कृष्ण घिमिरे , रिखिराम ज्ञवाली लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा ४ जना कृषक लाई सम्मान समेत गरिएको थियो ।