गुल्मी ,
असार ३१ –
गुल्मीको छत्रकोट गाउपालीकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
गाउपालीकाको आयोजनामा सेवा ग्राहि र सरोकारवालालाई सुचनाको प्रत्याभुति गराउन र पारदर्शिताको लागि सोमबार सार्वजनिक सुनुवाई गरिएको हो ।
कार्यक्रममा सेवा गा्रहिहरुले जिज्ञासा र सुझाव राखेका थिए ।
सार्बजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीले नो बजेट योजना सुरु गर्न आग्रह गरेका छन् । कार्यक्रममा सेवाग्रहीले पालिका स्तरिय उत्कृष्ट गौरबको आयोजना छुट्टाएर नो बजेट योजना सुरु गर्न आग्रह गरेका हुन् ।
नो बजेट योजनामा छुट्टाइएको कार्यक्रममा पालिकाले कुनै बजेटको सिमा नतोकी त्यो योजना पुरा नहुन्जेल रिन्तर काम भइरहेको हुन्छ । सार्बजनिक सुनुवाइमा सेवग्रहीले पालिकाले कर असुली प्रणली प्रभावकारी बनाउनु पर्ने, पालिका भित्रका प्राकृतिक श्रोत साधनको पहिचाहन गरेर अगाडी बढनुपर्नेमा जोड दिएका थिए ।
सेवा ग्रहीले पालिका भित्रका ३ वटा वडामा पटकपटक बिद्युत अबरुद्ध हुने गरेको गुनासो राखेका थिए । उनिहरुले पालिका भित्रका धेरै जसो स्थानमा मोटरबाटोहरु पुगेपनि वर्षातको समयमा मर्मतमा ध्यानुपर्नेमा जोड दिएका थिए ।
प्रगती समिक्षा एबं सार्बजनिक गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्त, उपाध्यक्ष नर्मदा भण्डारी, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौडेलले र गाउँपालिका भित्रका वडा अध्यक्ष एबं बिभिन्न विषयगत समितिहरुका संयोजक, बिषयगत कार्यलयका प्रमुखहरुले सुनुवाईमा उठेका सुझाव, एबं गुनासाहरुमा जवाफ दिएका थिए । सेवाग्रहीले उठाएका धेरै सुझावहरु एबं गुनासाहरुले गाउँपालिकाले आगामी दिनमा गर्ने कामलाई टेवा मिलेको गाउँपालिका अध्यक्ष पन्तले बताउनुभयो ।
उहाले गाउँपालिकाले राखेका कार्यक्रमहमा धेरै सहभागी भएर सुझाव सल्लाह दिनुपर्नेमा जोड दिनुभयो ।
सेवग्रहीले उठाएका केहि महत्वपूर्ण बिषयहरुमा गाउँपालिका गम्भीर भएर लाग्ने अध्यक्ष पन्तले बताउनुभयो ।
गाउपालीका उपाध्यक्ष एवम न्यायीक समिति संयोजक नर्मदा भण्डारीले न्यायीक सेवाका बारेमा बताउनुभएको थियो ।
कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पोखरेलले बिभिन्न शिर्षकका बजेटमा वार्षिक प्रगतीहरु, आगामी दिनमा गरिन लागिएका कार्यक्रमहरुको बारेमा पनि जानकारी गराउनुभएको थियो । गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, धार्मिक एवम् पर्यटकिय स्थल लगायतका बिषयमा कार्यक्रमहरु राखेर अगाडी पौडेलको भनाई छ ।
स्थानिय अर्जुन ज्ञवाली, सिवलाल पन्थ, श्यामलाल पन्थ, संगीता पन्थ, बिक्रम कार्की, पत्रकार युगराज बस्याल र दामोदर ज्ञवालीले गाउपालीकाले उपलब्ध गराएका अनुदान लक्षित कार्यक्रम र बिकास निर्माणका बिषयमा जिज्ञासा र सुझाव राख्नुभएको थियो ।
वडा नम्बर ३ का वडाअध्यक्ष तेजकान्त अर्यालले वडा नम्बर ३ का बिषयमा उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।
कार्यक्रमको सहजिकरण पत्रकार जनार्दन घिमिरे , पत्रकार महासघं गुल्मीका उपाध्यक्ष अनिल खत्री ,रुरु एफका प्रमुख युगराज बस्यालले गर्नुभएको थियो ।
कार्यक्रमको रुरु एफएमले प्रत्यक्ष प्रसारण गरेको थियो ।