गुल्मी
असार ३१
गुल्मीको रुरु क्षेत्र गाउँपालिकाको जनबोध माध्यमिक विद्यालय रानीबास र मुसीकोट नगरपालिकाको महेन्द्र माध्यमिक विद्यालय वामीटक्सार नमुना बिद्यालयको छनौटमा परेका छन ।
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा स्रोत विकास केन्द्र विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा सानो ठिमी भक्तपुरले देशभरबाट ८४ विद्यालय विकासको रुपमा छनोट गरेको छ त्यसमध्ये गुल्मीका २ बिद्यालय परेका हुन ।
विद्यालय क्षमतामा सुधार गरी शिक्षामा रुपान्तरणको गतिलाई तिव्रता दिने उद्देश्यले विद्यालय क्षेत्र विकास योजना अन्तर्गत देशभरबाट ८४ बिद्यालय छनोट गरिएको हो ।
आर्थिक वर्ष २०७३ ÷७४ देखि आर्थिक वर्ष २०७९ ÷८० मा कार्यक्रम अवधिमा मूलूक भर हजार वटा नमूना विद्यालय विकास गर्ने उल्लेख भए अनुसार २२२ वटा विद्यालय छनोट भई सकेको र यस आर्थिक वर्षमा ८४ विद्यालयहरु छनोट भएको शाखाले जनाएको छ ।
छनौटमा परेका बिद्यालयलाई आवश्यक तयारी गर्न अनुरोध गरिएको छ ।