युगराज बस्याल ,
गुल्मी, असार ३१ –
रुरु क्षेत्र गाउपालीका गुल्मीले स्थानिय कृषकहरुलाई कृषि औजार बितरण गरेको छ । आर्थिक बर्ष २०७५ – ७६ को कृषि लक्षित कार्यक्रम अन्तर्गत आधुनिक कृषि उपकरण र औजार बितरण गरिएको हो ।
एक समारोहका बिच व्यवसायिक कृषक बनाउने उद्धेश्यले १८ जनालाई हाते ट्याक्टर ,४ थान सिकेचर, १० थान स्प्रेयर, ४ थान च्याप कटर लगायत सामाग्री बितरण गरिएको छ ।
व्यवसायिक कृषि उपज उत्पादनको लागि यसअघि बोयर जातका बोका ,प्रजननको लागि उन्नत जातका राँगा, प्लाष्टिक टनेल, स्थाइ टनेल, स्वायल पोखरी, मौरी घार, उखु पेल्ने मेसिन, माछापालन अनुदान, फलफुल जात र कफीको लागि अनुदान रकम समेत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा गाउपालीका अध्यक्ष निलकण्ठ गौतमले परम्परागत कृषि पद्धती छोडेर आधुनीक र उन्नत प्रबिधिबाट कृषि गर्न कृषकहरुलाई आग्रह गर्नुभएको थियो । जमिनको अवस्था र उत्पादन हेरेर गाउपालीकाले आगामी दिनमा कृषकहरुलाई उत्प्ररणाको लागि थप कार्यक्रम ल्याउने उहाले जानकारी गराउनुभयो ।
कुनै समय दुधले बजार नपाएको अवस्था रहेकोमा अहिले दुधको माग स्थानिय बजारमै बढेको बताउनुभयो ।
स्थानिय ईश्वर दुध डेरीलाई प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा दुध बोक्ने ट्याङकर प्राप्त भएको बताउदै उहाले उत्पादनले मुल्य र बजार दुबै पाउने बिश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष लक्ष्मी पन्थले स्वागत गर्नुभएको थियो ।
नेकपा रुरु क्षेत्र गाउपालीका अध्यक्ष चक्रपाणी गौतम र उद्योग वाणिज्य सघं बलेटक्सारका अध्यक्ष तोयनारायण ज्ञवालीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कृषक देवेन्द्र मल्ल ,भाष्कर ज्ञवालीले धन्यावाद मन्तब्य राख्नुभएको कार्यक्रमको सन्चालन रोमाकान्त पाण्डेयले गर्नुभएको थियो ।
रुरु क्षेत्र गाउपालीका ले कृषि बिज्ञ बोलाई गाउपालीकाको बिभिन्न स्थानको प्राबिधिक परिक्षण गरि कृषिको सम्भाव्यता अध्ययन गरेर कृषि गुरु योजना समेत तयार गरि सोहि अनुसार अगाडि बढी रहेको प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरिले रुरु एफएमलाई जानकारी दिनुभयो ।