साउन महिनामा महिलाहरूले हातलाई हरियो चुरा र मेहन्दीले सजाउन थाल्दछन् ।
साउन लाग्न नपाउँदै उनीहरू रंगी बिरंगी हुनको लागि बजार तथा ग्रमीण क्षेत्रका चोक चोकमा
रहेको चुरा पसल र श्रृंगार पसलमा चाहार्न थाल्दछन् ।
सहर र गाँउ बस्तीमा पनि आज साउनको को पहिलो दिनमा नै हातमा हरियो चुरा अनि मेहेन्दी ले सजिएको
प्रसस्त देखियो श्रृंगार पसलहरुमा पनि चुरा किन्नेको घुइचो लागेको छ ।
यतिबेला प्रायजसो सबै युवती र महिलाको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ ।
साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमंग छाएको छ ।पछिल्ला वर्षमा किशोरीमा समेत
मेहन्दी र हरियो चुरा लगाउने चलन बढेको छ । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले फेसनका रूपमा ।
धेरै महिला र युवतीलाई हरियो चुरा लगाउँदा यही हुन्छ भन्ने थाहा छैन। धेरैलाई साउनमा हरियो चुरा लगाउँदा
चिताएको पुग्छ भन्ने बिस्वास छ । हरियो चुरा लगाउँदा जीवनमा हरियाली छाउने विश्वास रहेको महिला र युवतीको भनाइ छ ।
साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण रहेकाले वर्षमा
एक महिनाभरि आफूहरु हरियो चुरा लगाउँदै आएको बताईन्छ ।
कतिपयले हरियो चुरा लगाइसकेपछि फुटाउनु हुँदैन भनेर यो महिनाभर होसियारी अपनाउने गर्दछन् ।
कहिल्यै हरियो चुरा नलगाउने युवतीले समेत चुरा लगाएर बजाउँदै हिँड्दा खुब सुहाएको र रमाइलो लागेको बताएका छन् ।
मध्य असारदेखि नै हरियो चुराको बिक्री बढेको श्रृंगार पसले बताउछन ।
साउनमा हरियो, पहेँलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेमको,
रातोलाई शौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ ।
चुरापोते र कपडासँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रङ राख्यो,
उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास छ । मेहन्दी लगाउने चलन भने छिमेकी देश भारतबाट भित्रिएको बताइन्छ ।
साउनको पहिलो दिनदेखि नै बजारमा रहेका शृंगारका पसलमा चुरापोते अनि हरियो, राता, पहेँला बस्त्र खरिदकर्ताका
भीडले व्यापार बढिरहेको देखिन्छ ।
आखिर किन लागाउँछन् त हरियो चुरा र मेहन्दी लगाउँदा घर परिवारमा कुनै अनिष्ट हुनबाट बचाउँछ । मेहन्दी र हरियो चुरा
साउनमा लगाउने चलन कसरी सुरु भयो भन्ने प्रश्नबारे किशोरीहरूलाई सरोकार नभए पनि साउनमा लगाउनु अहिलेको
‘पपुलर कल्चर’ बनेको छ ।
साउन महिनामा व्रत बसेर मेहन्दी र हरियो काँचको चुरा लगाउनु अध्यात्मवादी दर्शन होला तर यसै चलनलाई
आधुनिकताको पनि प्रतीक मान्न सकिन्छ।
झरी बर्सिरहने साउनलाई धेरैले प्रेमको महिना मान्ने गरेका छन् । यो समयलाई किशोरी वा युवतीहरूले आफूलाई
हरियो चुरा र मेहन्दीमा सजाउने ‘पपुलर कल्चर’ को रूपमा परिचित गराएका छन् । महिलाहरूले आफ्ना हातमा
साउनमा हरियो चुरा अनि थरि थरिका मेहन्दीहरू भन्ने गर्छन् यो हाम्रो संस्कृति हो, साउनमा हरियो चुरा अनि
मेहन्दी लगाउँदा आफ्नो घरमा राम्रो हुन्छ, सर्प दंशबाट जोगिइन्छ यो हाम्रो संस्कृतिको उपज हो,भन्ने मान्यता लिएको पाइन्छ ।