नेपाली सिनेजगतमा दुई वटा चलचित्र दुई अभिनेत्रीका कारण टक्करमा देखिने भएका छन ।
दुई वटी चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र उपासना सिंह ठकुरीले अभिनय गरका चलचित्र “मारुनी” र
“कबड्डी कबड्डी कबड्डी” को बिधा बिषय बस्तु एवं कथा फरक फरक छन ।
तर यी दुबै चलचित्र एकै दिन प्रदर्शन हुने भए पछि, एकै प्रकृती बाट नेपाली सिनेजगतमा भित्रिएका
यी दुई अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र उपासना सिंह ठकुरीका कारण चलचित्र “मारुनी” र
“कबड्डी कबड्डी कबड्डी”मा टक्करमा देखिने आकलन भएको हो ।
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र “ड्रिम्स”बाट नेपाली सिनेजगतमा प्रबेस गरेकि हुन भने,
अभिनेत्री उपासना सिंह ठकुरी चलचित्र “क्याप्टेन”बाट नेपाली सिनेजगतमा प्रबेस गरेकि हुन ।
साम्राज्ञी अहिले चलचित्र “मारुनी”मा ब्यस्त छिन । उपासना “कबड्डी कबड्डी कबड्डी”मा
बिधा बिषय बस्तु फरक फरक भएकोले चलचित्र “मारुनी” र “कबड्डी कबड्डी कबड्डी”मा टक्कर नहुन पनि सक्छ ।