गुल्मी
साउन ५ –
गुल्मीका बिपन्न परिवारका लागि नेपाल विद्युत प्राधिकरण बितरण केन्द्रले निशुल्क बिद्युत मिटर बितरण गरेको छ।
गुल्मीमा १२ स्थानीय तह रहेका छन । १२ स्थानीय तहका विपन्न परिवारहरु अध्यारोमा बस्न नपरोस भनी निशुःल्क रुपमा मिटर उपलब्ध गराएको नेपाल विधुत प्राधिकरण बितरण केन्द्रका प्रमुख नारायण अर्यालले जानकारी दिनुभयो ।
बिधुत मिटर लिन नसकेर कुनै पनि बिपन्न परिबार अध्यारोमा बस्न नपरोस भन्दै निशुःल्क रुपमा मिटर उपलब्ध गराएका हौँ उहाले भन्नुभयो । अर्यालका अनुसार जिल्लामा करिब एक हजार चार सय मिटर बितरण गरेको र एक हजार चार सय घर धुरीहरुको घरमा उज्यालो भएको छ ।
बिपन्न भएकै कारण घरमा बिद्युत जोड्न नसकेका उनिहरु घरमा बत्ती बल्दा घर सगै उनीहरुको मुहार पनि उज्यालो भएको छ । घर नजिकबाटै विधुतको पोल तार गएपनि बिपन्न भएकै कारण उनिहरुको घर उज्यालो भउको थिएन ।
जिल्लाको सदरमुकाम तम्घासमै एउटा मिटर लिन पुग्नका लागि उनीहरुलाई समस्या हुन्छ र आर्थिक भार पनि धेरै हुने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले राखेको घुम्ती सेवाको अबसरमा जिल्लाका अति बिकट र दुर्गम मालिका र मदानेमा गई घुम्ती सेवा मार्फत मिटर बितरण गरेको अर्यालले बताउनुभयो।
एउटा मिटर लिँदा नेपाल विधुत प्राधिकरण बितरण केन्द्रबाट करिव दुई हजार तीन सय सम्म लाग्ने भन्दै यसरी नेपाल सरकारको विपन्नलाई निशुल्क रुपमा बितरण गर्ने मिटरबाट बिपन्न परिवारमा राहतको महशुस भएको केन्द्रका सुचना अधिकारी मेखराज जोशीले जानकारी दिनुभयो।
यसरी मिटर प्राप्त गनृका लागि स्थानीय तह वा सम्बन्धित वडाको सिफारिसलाई आधार मानेर मिटर बितरण गरिएको जोशीको दाबी छ।
यता मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले यसरी गाउँघरमै पुगेर बिपन्नहरुलाई मिटर उपलब्ध गराएकोमा धन्यबाद दिदै गाउँबाट सदरमुकाम तम्घास मिटर लिन जाँदा सबै खर्च गर्दा करिब १० हजार रुपैयाँ लाग्ने गरेकामा आर्थिक हिसाबले पनि जनतामा राहत मिलेको दाबी गर्नुभयो।
भण्डारीका अनुसार एउटा मिटर लिन जानका लागि गाउँबाट करिब दुई दिनको समय लगाउनु पर्दथ्यो त्यो समय, होटलमा बस्नुपर्ने खर्च र आर्थिक बचत भएको र बिपन्नको घरमा उज्यालो भएकोमा गाउँपालिका खुसी भएको बताए।