राधा पोख्रेल
गुल्मी ,
साउन ७ –
गुल्मीको सत्यवती गाउपालीकामा भएको भिषण पहिरोबाट भएको भौतिक तथा मानविय क्षति प्रति गुल्मी क्षेत्र नम्बर १ का सांसद तथा नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले गहिरो दुख ब्यक्त गर्नुभएको छ । उहाले घाइतेहरुको लागि उद्धार र राहतमा कुनै कसर बाकी नराख्न निर्देशन दिनुभएको छ ।
रुरु एफ एमको बिशेष बुलेटिनमा सहकर्मि युगराज बस्यालसग कुरा गर्दै उहाले आफु निकै स्तब्ध भएको बताउनुभएको हो । उहाले सुरक्षाकर्मि , जनप्रतिनिधि ,स्थानिय समाजसेबि, स्थानियहरु लगायत उद्धारमा खटिएको जानकारी दिनुभयो । यस्तै तम्घासबाट खटिएको नेपाली सेना र शशस्त्र प्रहरी बलको टोली पनि घटनास्थलमा पुग्दै गरेको उहाले बताउनुभयो ।
उहाले मृतकप्रति श्रद्धान्जली प्रकट गर्दै ,घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना तथा शोक स्तब्ध परिवारजन प्रति धेर्यधारण गर्ने शक्ति प्रदान होस भन्दै गहिरो समबेदना प्रकट गर्नुभएको छ ।
उहाले नेपाल सरकारको तर्फबाट उद्धार , राहत र पुनस्थापनामा मा कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जनाउनुभएको छ ।
यसैबिच मन्त्री ज्ञवालीले अहिले तत्काल बिपत्तीको बेलामा पहिरोले पुरिएकाहरुको उद्धार गर्ने, जोखिममा परेका नागरिकहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र घाइते भएकाहरुलाई उपचार गर्ने कार्यमा लाग्न सबैलाई निर्देशन दिनुभएको छ । सोमबार साझ देखि परेको अबिरल बर्षाका कारण गुल्मीको सत्यवती गाउपालीकामा भिषण पहिरोबाट १० जनाको मृत्यु भएको छ।
गाउपालीकाको वडा नम्बर ३ मा राति घरमा भल पसी स्थानीय टेक बहादुर तरामुकी श्रीमती ३० बर्षीय तिलकुमारी तरामू , उनका छोरा बर्ष १० का दर्शन तरामुको मृत्यु भएको छ ।
यस्तै उनकी ९ र १३ बर्षीया छोरी करिष्मा र धनी तरामु घाइते भएको भएका छन्।
यस्तै सत्यवती गाउँपालिका वडा नं ४ लिम्घामा ३ घर बगाउदा ८ जनाको शब फेला परेको छ । मृत्यु हुनेमा रुपा बिक , बालीका सिवानी बिक, निर्मली बिकका छोरा र छोरी र पम्फा बिकका छोरा र छोरी रहेको र उनिहरुको नाम खुलेको छैन । यस्तै हेमन्सु बिक अन्जली बिक रहेका छन । यस्तै सत्यवती गाउँपालिका वडा नं ३ सिङदीमा रुद्र बहादुर बिकको घर पहिरोले बगाएको छ। राति घर बगाउदा रुद्रबहादुर बिक र उनकी आमा घरमा भएको आशंका गरिएको छ।