गुल्मी
साउन ८ –
गुल्मीको पहिरो प्रभावित क्षेत्रमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली सहित को टोलीले दास्रो पटक राहत बितरण गरेको छ ।
हेलिकप्टर मार्फत राहत सामागी्र सहित परराष्ट्रमन्त्रीको टोली प्रभावित क्षेत्रमा आजपनि पुगेका हुन् । मन्त्रीहरुको टोलीले मंगलबार प्रभावित क्षेत्रमा पुगेर स्थलगत अबलोकन गर्नुका साथै प्रभावित परिवारलाई राहत सामाग्री बितरण गरेको थियो । बुधबार पनि उक्त टोलीले राहत सामाग्री बितरण गरेको हो । आज १० क्वीन्टल चामल , २ क्वीन्टल दाल, १ क्वीन्टल चिउरा र अन्य सामाग्री बितरण गरिएको छ ।
पहिरोमा परि घाइते भएका २ जना धनी तरामु र करिस्मा तरामु लाई थप उपचारको लागि हेलिकप्टर मार्फत आज काठमाडौ लगिएको छ ।वडा नम्बर ४ लिम्घामा मृत्यु भएकाहरुको रुद्रबेणिमा आज अन्तेष्टि गरिएको छ । पहिरोमा परि गुल्मीको सत्यवति गाउपालीकामा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । जसमध्ये ३ जनाको शब फेला परेको छैन ।
पहिरोमा पुरिएर मृत्यु हुनेमा सत्यवती गाउपालीका वडा नम्बर ४ लिम्घा भिरकुनाका बर्ष ६८ की छलि बिक , ७ वर्षिय बालीका सिवानी बिक, ३० वर्षिय निर्मला बिक, २ वर्षिय सुमन बिक, ६ वर्षिय तारा बिक , २९ वर्षिय पम्फा बिक, हेमान्सु बिक बर्ष ७, अन्जली बिक बर्ष १२ रहेका छन । यस्तै सत्यवती गाउपालीका वडा नम्बर ३ लुम्पेक कसिन्थलाका तिल कुमारी तरामु, उनका छोरा दर्शन तरामु, वडा नम्बर ३ लुमपेक सिङ्दीका माया बिक उनका छोरा बबी बिक रहेका छन । पहिरोमा पुरिएका बबी बिककोे शब आज नेपाली सेनाले फेला पारेको छ ।