तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाहृय लगानी भित्र्याउन असोजमा लगानी सम्मेलन गर्ने भएको छ ।
समृद्ध नगर निर्माणका लागि स्थानीय पूजीका अतिरक्त राष्टिय तथा अन्रराष्टिय लगानी भित्र्याउन नगरपालिकाले
लगानी सम्मेलन गर्ने निणर्य गरेको हो ।
गत माघ महिनामा लगानी सम्मेलनको तयारीका लागि उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा मूल आयोजक समिति र
लगानीका क्षेत्र पहिचान समिति गठन गरेको नगरपालिकाले अहिले सम्मेलनको मिति र स्थान समेत तय गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाका अनुसार आगामी असोज ९ र १० गते
सन २०१९ सेप्टेम्वर २६ २७ तिलोत्तमा १५ स्थित टाइगर प्लेस रिर्सोटमा सम्मेलन हुने छ ।
नगरपालिकाले कम्तीमा एक अर्ब लगानी र पाँच सय जनालाई रोजगारी दिन सकिने खालमा उद्योग वा
व्यवसायहरुमा लगानी साझेदारी गर्ने रणनीति बनाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनु भयो ।
सम्मेलनमा ५० बिदेशी सहित दुई सय लगानीकर्तालाई सहभागि गराउने गरी तयारी गर्नुका साथै सम्मेलनका सम्वन्धमा
नगरपालिकाले प्रदेश सरकार र संघीय सरकारलाई समेत जानकारी गराई सकेको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनु भयो ।
सम्मेलनमा सहभागि लगानीकर्तालाई तिलोत्तमामा लगानीका सम्भावना के के छन नगरपालिकाले कस्ता परियोजनालाई प्राथमिकता दिएको छ,
परियोजना सञ्चालनमा के सुबिधा प्राप्त हुन्छ जस्ता बिषय समेटी प्रारम्भिक परियोजना समेत तयार गरी प्रस्तुत गर्ने घिमिरेले जानकारी दिनु भयो ।
मिति नै तय भएपछी अहिले नगरपालिकाले सम्मेलनको तयारीलाई तिब्र पारेको छ । सम्भाबित लगानीकर्ताको पहिचान,
पत्राचार लगायतका कार्य भईरहेका छन ।