साउन ९
नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले स्कुल विभागको जिम्मेवारी नवौ महाधिवेशनदेखि नै आफुले माग गरेको बताउनु भएको छ ।
पत्रकार भेटघाटमा बोल्दै उहाले नवौ महाधिवेशन पश्चात अध्यक्ष केपी ओलीसंग आफुले स्कूल बिभागको जिम्मेवारी माग गरेको बताउनु भएको हो ।
महाधिवेशनबाट आफनो बिचार पारित भएपछी उपमहासचिवमा निर्वाचित भूसालले बिचारलाई स्पष्ट रुपमा कार्यकर्ता र जनता माझ पुर्याउन भन्दै
अध्यक्ष ओलीसंग स्कुल बिभागको जिम्मेवारी माग गर्नु भएको थियो ।
उपमहासचिव भुसालले स्कुल बिभाग बाहेकको जिम्मेवारी नलिने बताएपछी अध्यक्ष ओलीले स्कुल बिभागको जिम्मेवारी आफैले राख्नु भएको थियो
भने भुसाल कुनै बिभागको जिम्मेवारी दिनु भएको थिएन ।
स्कुल बिभाग अध्यक्ष ओलीले आफै राखेपछी महाधिवेशन पश्चात अध्यक्ष ओली र नेता भुसालबीचको सम्वन्ध औपचारिकतामा मात्र सिमित भएको थियो ।
लामो समय पश्चात केही दिनअघि मात्रै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले छलफलका लागि बोलाएपछी भुसाल महाधिबेशन पश्चात दुई जनाबीच पहिलो पटक एक्ला एक्लै छलफल भएको थियो ।
आजको पत्रकार भेटघाटमा पनि भुसालले स्कुल बिभागमा आफनो दाबी स्वभाबिक भएको बताउनु भयो । पत्रकार भेटघाटमा बोल्दै भुसालले भन्नुभयो,
“स्कुल चाहिँ त्यहाँ हामीले पढाउने मार्क्सवाद हो, पार्टीको राजनीति हो, अहिलेको समाज हो, समाजको अर्थराजनीति हो त्यो बिषयमा मैले गरिनै राखेको छु मेरा कामहरु मध्य सबै भन्दा बढि यसैमा मेरो लगाव छ ।”
भुसालले अब पनि पार्टीमा छलफल नगरि गुटबन्दीका हिसाबले निर्णय भयो भने यसको बिरोध गरिरहने बताउनु भयो।
स्कुल विभागमा जसलाई ल्याए पनि लोकतान्त्रिक पद्धती अनुसार पार्टीभित्र छलफल गरेर निर्णय हुनुपर्ने भुसालको भनाई छ ।