काठमाडौ,
साउन १० –
आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका केही भूभागमा ठूलो पानी पर्ने र अन्य भूभागमा सामान्य बदली हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्ययम वर्षा हुनेछ । आज राति पनि सामान्य बदलीको सम्भावना रहेकाले पहाडी तथा तराईका केही भूभागमा वर्षाको सम्भावना रहेको छ ।
मनसुनी न्यूनचापीय रेखा नेपालभन्दा तलतिर सर्दै गएकाले अबको केहीदिन मौसमी गतिविधि केही कमजोर हुने महाशाखाले जनाएको छ ।
देशको पश्चिम तथा पूर्वी भेगका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति देशको पश्चिम तराईका केही स्थानमा भारी बर्षाको सम्भावना रहेकाले सचेत रहन मौसमविद्ले आग्रह गरेका छन् ।