काठमाडौ
साउन १० –
बजारमा हरियो तरकारी तथा साग सब्जिको भाउ बढेपछि उपभोक्ता मारमा परेका छन् ।
६ महिना अगाडीको तुलनामा अहिले तरकारीको मूल्य दोब्बर भएको छ । काठमाण्डौँमा तोकिएको भन्दा दोब्बर बढिसम्म मुल्यमा तरकारी बिक्रि भइरहेको छ । कालिमाटी तरकारी बजारले तोकेको भाउ अनुसार गोलभेडाको अधिकतम मूल्य एक किलोको ८० रुपैंया छ । तर १ सय ६० रुपैंयामा बिक्रि भइरहेको छ ।
असारको पहिलो हप्तासम्म घिउ सिमिको मूल्य प्रतिकिलो ६९ रुपैयाँ थियो । अहिले १ सय १७ रुपैयाँ पुगेको छ । एक महिना अघि ५३ रुपैया रहेका घिरौलाको मूल्य ७८ रुपैया पुगेको छ भने ७८ रुपैया किलो रहेको भटमास १ सय ५ रुपैया पुगेको छ । २६ रुपैया रहेको सेतो आलु ३३ रुपैया पुगेको छ ।
सरकारले उचित अनुगमन गर्न नसकेका कारण पनि तरकारीको महंगी नघटेको विज्ञहरु बताउछन् । नेपालले वर्षेनी करिब १२ अर्ब बराबरको तरकारी तथा फलफूल आयात गर्ने गरेको कृषि मन्त्रालयको तथ्यांक छ । नेपालको उत्पादनले २५ प्रतिशत पनि माग पूरा गर्न सकेको छैन ।
वर्षासँगै यातायातको असुविधा, बाढि, डुवान, बर्षाका कारण तरकारी कुहिने लगाएतका समस्याका कारण तरकारीको मूल्य बढेको व्यवसायीको भनाइ छ ।