राधा पोख्रेल
गुल्मी ,
साउन ११ –
गुल्मीको छत्रकोट गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीको टोलीले पहिरो ग्रस्त सत्यवती गाँउपालिकाका पहिरो पिडितहरुलाई राहत स्वरुप सकंलित रकम हस्तान्तरण गरेको छ ।
सत्यवती गाँउपालिकामा पुगेर जनप्रतिनिधि र कर्मचारीको टोलीले रकम हस्तान्तरण गरेको हो ।

गाउपालीकाको तर्फबाट नगद १ लाख ५१ हजार एक सय पाच रुपैया र कर्मचारी र जनप्रतिनिधिको तर्फबाट लिम्घालाई १५ हजार र ठुलोलुम्पेकलाई १५ हजार रुपैया राहत स्वरुप हस्तान्तरण गरिएको छ ।

राहत हस्तान्तरण कार्यक्रममा बोल्दै छत्रकोट गाँउपालिका अध्यक्ष मधुकृष्ण पन्थले गाँउपालिकाको तर्फ बाट आवस्यक प्रक्रिया पुर्याएर थप सहयोग गर्ने बताउनु भएको छ ।उहाले कहिलेकाहि बिपत्ती परेपनि अगाडि बढ्न सकिने बताउदै पिडितहरुलाई धैर्य रहन आग्रह गर्नुभएको छ ।
आज सामाजिक बिकास मन्त्री सुदर्शन बराल , गाउपालीका भित्रका सम्पुर्ण वडाका अध्यक्षहरु, वडा सदस्यहरु लगायतको टोलीले घटनास्थल अवलोकन गरेको छ । अवलोकन मा धेरै घरहरु जोखिममा रहेको र त्यहाको अबस्था एकदमै दयनिय रहेको स्थलगत रिपोर्टिङको लागि घटनास्थल पुग्नुभएका सहकर्मि युगराज बस्यालले बताउनुभयो ।
यसैबिच गुल्मीको सत्यवती गाउँपालिकाको खैरेनी बजारमा राहात संकलन कार्यक्रम चलिरहेको छ ।

चेम्बर अफ कमर्स गुल्मी, खैरेनी युवा क्लव र खैरेनी बजार व्यवस्थापन समिति को संयुक्त आयोजनामा बिहिबार देखि राहत संकलन कार्यक्रम सुरु गरिएको हो । आज शनिबार सम्म १ लाख ७८ हजार नौ सय एकानब्बे रुपैया सकंलन भएको छ । सोहि रकम मध्ये लिम्घामा खाद्यान्न र नगद ५० हजार रुपैया आज हस्तान्तरण गरिएको छ ।
उक्त टोलीले ठुलोलुम्पेकमा पनि आज राहत रकम हस्तान्तरण गर्ने प्रतिनिधि सुरेश थापाले जानकारी दिनुभयो ।

यसैबिच निर्धन उत्थान लघुवित्त बित्तिय संस्था लिमिटेडले लिम्घामा आफ्ना गा्रहक सदस्यहरुलाई १६ हजार रुपैया प्रदान गरेको छ । कर्मचारीको तर्फबाट सात हजार ,मृतक २ जना निर्मला बिक र पम्फा बिकको श्रीमानलाई काजकिरियाको लागि पाँच पाँच हजार रुपैया प्रदान गरेको छ ।
यस्तै रिलाएभल नेपाल लाइफ इन्सोरेन्स कम्पनिले दुर्घटना बिमा बाट निर्मला बिकको परिवारलाई १ लाख २५ हजार र पम्फा बिकको परिवारलाई ३० हजार रुपैया उपलब्ध गराउने जनाएको छ ।
सत्यवती गाउपालीका को वडा नम्बर ३ र ४ मा भएको भिषण पहिरोबाट पिडित बनेका परिबारको लागि बिभिन्न स्थानमा राहत संकलन गर्ने कार्यक्रम चलिरहेको छ ।