राधा पोख्रेल
गुल्मी ,
साउन ११ –
पहिरो ग्रस्त सत्यवती गाँउपालिकाका पहिरो पिडितहरुलाई नेपाली काङ्ग्रेस गुल्मीको टोलीले ठुलोलुम्पेकमा नगद ३ लाख र जिन्सी सामान बितरण गरेको छ ।
प्रत्यक्ष रुपमा बिपत बाट भएको क्षतिको अवलोकन गर्न नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य पाल्पा का पार्टी सभापति वीर बहादुर राना पनि घटनास्थल पुग्नुभएको थियो ।
राहत स्वरुप सकंलित रकम गाउपालीका अध्यक्ष पारिश्वर ढकाललाई हस्तान्तरण गरिएको हो ।
यसैबिच गुल्मीको छत्रकोट गाँउपालिकाले पहिरो ग्रस्त सत्यवती गाँउपालिकाका पहिरो पिडितहरुलाई राहत रकम हस्तान्तरण गरेको छ ।
सत्यवती गाँउपालिकामा पुगेर जनप्रतिनिधि र कर्मचारीको टोलीले पहिरो पिडितहरुलाई राहत स्वरुप रकम हस्तान्तरण गरेको हो ।
गाउपालीकाको तर्फबाट नगद १ लाख ५१ हजार एक सय पाच रुपैया र कर्मचारी र जनप्रतिनिधिको तर्फबाट लिम्घालाई १५ हजार र ठुलोलुम्पेकलाई १५ हजार रुपैया राहत स्वरुप हस्तान्तरण गरिएको छ ।
राहत हस्तान्तरण कार्यक्रममा बोल्दै छत्रकोट गाँउपालिका अध्यक्ष मधुकृष्ण पन्थले गाँउपालिकाको तर्फ बाट आवस्यक प्रक्रिया पुर्याएर थप सहयोग गर्ने बताउनु भएको छ ।
उहाले कहिलेकाहि बिपत्ती परेपनि अगाडि बढ्न सकिने बताउदै पिडितहरुलाई धैर्य रहन आग्रह गर्नुभएको छ ।
आज सामाजिक बिकास मन्त्री सुदर्शन बरालले पनि घटनास्थलको अवलोकन गर्नुभएको छ ।
यस्तै छत्रकोट गाउपालीका भित्रका सम्पुर्ण वडाका अध्यक्षहरु, वडा सदस्यहरु लगायतको टोलीले घटनास्थल अवलोकन गरेको छ । अवलोकन मा धेरै घरहरु जोखिममा रहेको र त्यहाको अबस्था एकदमै दयनिय रहेको स्थलगत रिपोर्टिङको लागि घटनास्थल पुग्नुभएका सहकर्मि युगराज बस्यालले बताउनुभयो ।
सत्यवती गाउपालीका को वडा नम्बर ३ र ४ मा भएको भिषण पहिरोबाट पिडित बनेका परिबारको लागि बिभिन्न स्थानमा राहत संकलन गर्ने कार्यक्रम चलिरहेको छ ।