साउन १२
चितवन इच्छाकामना गाउँपालिका–४ फिस्लिङस्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रकको पछाडि बस ठक्कर खाँदा
बसमा सवार एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा झापाको मेची–२ बस्ने २३ वर्षीय भानु तिमिल्सिना रहेका छन्।
उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो।
गौरबाट भैँसी लिएर काठमाडौँतर्फ जाँदै गरेको ना ७ ख २५६१ नंको ट्रक लाई काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ४८१९ नं को
बसले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटना बिहान ४ः४५ बजे भएको थियो। दुर्घटनामा परी घाइते भएकाहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
सबैको अवस्था मध्यम रहेको छ। ट्रक र बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।