अनिल खत्री
१२ साउन, गुल्मी –
गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मालिका गाउँपालिका ७ निवासी ५० वर्षिय गोपाल सुनार को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले जाकारी दिए । शनिवार पसलमा समान किन्न गएका सुनार बेपत्ता भएका थिए ।
उनको आइतवार बिहान सोहि स्थानकै लाटिगैराको भिरबाट लडेर मृत अबस्थामा सव फेला परेको प्रहरीले जनाएको छ । सवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याइदैँ छ ।