सागर परियार,अर्घाखाची
साउन १३ –
सुशासन तथा जवाफदेहिता अभिबृद्धिका लागि स्थानीय तहमा नागरिक समाज गठन गरिने भएको छ ।
पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा भएको नागरिक समाज र संघ संस्थाहरुबीचको अनुभव आदान प्रदान कार्यक्रममा जिल्लामा सुशासन कायम गरी जवाफदेहिता अभिबृद्धि गर्न नागरिक समाजको गठन गर्ने निर्णय भएको हो । बैठकले स्थानीय तहको योजना तर्जुमा, कानून निर्माण र पारदर्शीताका लागि ज्ञापन पत्र बुझाउने समेत निर्णय गरेको छ ।
कार्यक्रममा बोल्ने बतmाहरुले स्थानीय तहहरुले गर्ने बिभिन्न तालिम र स्वास्थ्य संस्थाको सामाजिक परीक्षण प्रभावकारी किसिमले गर्न नसकेको बताएका थिए । नागरिक समाजका प्रतिनीधिकरुले स्थानीय तहबाट हुने विकास निर्माणसँगै बिभिन्न तालिमलाई पारदर्शी बनाउनको लागि नागरिक समाजले निगरानी बढाउनु पर्नेमा सहभागीको जोड थियो ।
कार्यक्रममा गैसरकारी संस्था महासंघ अर्घाखाँचीका कार्यबाहक अध्यक्ष ठाकुर प्रसाद अधिकारी, पूर्व अध्यक्ष भोजबहादुर गन्धर्व, पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसी लेकाली, प्रदेश सदस्य शोभाखर पंन्थी, संस्थाका गुल्मीका अध्यक्ष हिरा एसी, कार्यकारी निर्देशक कृष्ण बि.क लगायतले नागरिक समाजको भूमीका ग्रामीण तहसम्म बिस्तार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीका अध्यक्ष हृदय कुमार भुसालको अध्यक्षता रहेको कार्यक्रममा कार्यक्रम संयोजक हीरा कुवँरले बिषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रम जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठको सञ्चालन मा सम्पन्न भएको थियो ।