काठमाडौ
साउन १४ –
जथाभावि च्याउ नखान विज्ञहरुले आग्रह गरेका छन् ।
जंगलमा पाईने च्याउ हेर्ने वित्तिकै विषालु हो या होईन थाहा नपाउने भएकाले जुनसुकै च्याउ नखान उनीहरुले आग्रह गरेका हुन् ।
च्याउ परीक्षण गरिसकेपछि मात्र खान योग्य हो कि होईन भन्ने थाहा पाउने भएकाले यो कुरामा सबै जना सजग हुनुपर्ने च्याउ विज्ञ हरिहर अधिकारीले बताउनुभयो ।
च्याउको विषयमा पाठ्क्रममा पनि राम्रोसँग जानकारी दिने हो भने मृत्यु हुनेको संख्यामा कमि आउने उहाँको भनाई छ ।
केन्द्रिय सरकारले उपत्यकामा मात्र च्याउको विषयमा जानकारी दिने भएकाले स्थानीय सरकारले पनि खान हुने नहुने च्याउको बारेमा जानकारी दिनु कार्यक्रम गर्नु आवश्यकता भएको उहाँले जानकारी दिनुभयो ।
सोमबार मात्रै रोल्पामा जंगली च्याउ खाँदा एकै घरका तीन जनाको मृत्यु भएको थियो ।
रोल्पाको लुङग्री गाउँपालिका ६ पाटेगुम्चाल बस्ने २५ वर्षीया फुर्मली बुढाथोकी, उहाँकी छोरी ७ वर्षीया सुनिता बुढाथोकी र तीन वर्षीय छोरा पुस्कर बुढाथोकीको च्याउ खाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरुले गत साउन ८ गते बिषादी च्याउ खाएर गम्भीर विरामी भएका थिए ।
त्यसपछि उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।
उपचारका क्रममा छोरा पुष्कर बुढाथोकी को साउन ११ गते, छोरी सुनिता बुढाथोकी को हिजो आइतबार र आमा फुर्मली बुढाथोकी को सोमबार बिहान मृत्यु भएको प्रदेश नम्वर ५ प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
पछिल्लो समय जंगली च्याउ खादा मृत्यु हुनेहरुको संङख्या बढिरहेको छ ।
यसैलाई मध्यनजर गर्दै बिज्ञहरुले जथाभावि च्याउ नखान आग्रह गरेका हुन ।