गुल्मी
साउन १४ –
गुल्मीको सत्यवतीका पहिरो प्रभावितहरुलाई राष्ट्रिय जनमोर्चा गुल्मीले राहत रकम प्रदान गरेको छ ।
जनमोर्चाले १ लाख ६० हजार नगद राहत स्वरुप पहिरो प्रभावितलाई प्रदान गरेको हो ।
आज राष्ट्रिय जनमोर्चा गुल्मीका अध्यक्ष जीवन राना , नेकपा मसाल गुल्मीका प्रवक्ता आमेन्द्र कुवर , राष्ट्रिय जनमोर्चाका सचिव छविलाल सर्तुङगे ,गुमानसिंह पुन ,श्यामलाल पन्थ, कमल पुलामी, टिकाराम भण्डारी, शंकर प्रसाद पोख्रेल, कुमार खनाल लगायतको टोलीले घटनास्थलमा पुगेर राहत रकम हस्तान्तरण गरेको हो ।
टोलीले वडा नम्बर ३ का वडाध्यक्ष रुक बहादुर राना लाई र वडा नम्बर ४ का वडा अध्यक्ष दान बहादुर रानालाई उक्त रकम हस्तानत्रण गरेको छ ।
यस्तै मृतकका परिबारलाई ७५०० रुपैयाको दरले राहत रकम प्रदान गरेको छ ।