गुल्मी,
साउन १५ –
गुल्मीको सत्यवती गाँउपालिकाका पहिरोपिडितलाई धुर्कोट गाँउपालिकाले राहत रकम प्रदान गरेको छ ।
धुर्कोट गाँउपालिकाको टोलीले मगंलबार दुई लाख १० हजार प्रदान गरेको जनाएको छ ।
गाँउपालिकाको तर्फबाट एक लाख, जनप्रतिनिधि र कर्मचारीको एक एक दिनको तलब ६० हजार तथा शिक्षक महासंघको तर्फबाट ५० हजार गरि
कुल दुई लाख १० हजार प्रदान गरिएको हो ।
धुर्कोट गाँउपालिकाका अध्यक्ष भुपाल पोखरेल र उपाध्यक्ष शिव बहादुर खत्रीले सत्यवति गाँउपालिका अध्यक्ष पारिश्वर ढकाललाई रकम प्रदान गर्नुभएको हो ।
सत्यवती गाउँपालिकाका दुई स्थानमा गएको पहिरोमा ३०७ घर प्रभावित भएका छन् ।
जिल्लाको सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ को ठूलो लुम्पेक र लिम्घामा क्षति पुर्याउँदा १२ सय ६० जना प्रभावित भएका छन् ।
पहिरोले बिस्थापितलाई सोही स्थानका धर्मपूर माबि, नवबिहानी प्राबि, धर्मपूर प्राबि, राम माबि, मनकामना प्राबि, साजपूर प्राबिमा राखिएको छ ।
एकै ठाउँमा धेरै बसोबास गर्दा समस्या आउने र ब्यवस्थित तरिकाले बसाइँलाई ब्यवस्थापन गर्नका निम्ति अस्लेवाको देउडाँडामा ८ वटा र
ठुलो लुम्पेकको देउरालीमा ९ वटा अस्थायी आवास निर्माण गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताउनुभयो ।