अनिल खत्री
१६ साउन, गुल्मी
गुल्मीको सत्यवति गाउँपालिकाको बिभिन्न स्थानमा गएको पहिरो प्रभावित क्षेत्रमा बिज्ञ टोलीले अध्ययन गर्न आउने भएका छन् ।
साउन ७ गते सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ को ठूलोलुम्पेक र लिम्घामा ठूलो जन धनको क्षती भएपछि खानी तथा भूगर्व बिभागको टोलि आउने भएका हुन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र गृहमन्त्रालयको संयोजनमा खानी तथा भूगर्व बिभागको टोलि सत्यवती गाउँपालिकाको पहिरो प्रभावित क्षेत्रको अध्ययन गर्न आउने भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । बिभागबाट राजेन्द्र आचार्य र सुलभ कठायत शुक्रवार पहिरो प्रभावित क्षेत्रमा पहिरो जानुको कारण र अबको अबस्था बारे अध्ययन गर्ने प्रजिअ पौडेलले बताए ।
खानी तथा भूगर्व बिभागको टोलीले पहिरो प्रभावित क्षेत्रको पहिरो जानुको मुख्य कारण र अबको अबस्था बारेमा कारण पत्ता लगाउने काम गर्ने बिभागका राजेन्द्र आचार्यले बताए । उनले त्यस स्थानमा प्रपोक कसरी आयो र अबको अबस्था के जस्ता महत्वपूर्ण विषयमा अध्ययन गर्ने आचार्यले बताए ।
प्रभावितको दैनिकी सहज बनाउने प्रयास
प्रभावितहरुको दैनिकी सहज बनाउन थालिएको छ । प्रभावित क्षेत्रमा सामान्य रुपमा मोटरबाटो पुर्याइएको छ । पहिरोले अबरुद्ध बनेको बिद्युत जडान भएको छ । प्रभावित क्षेत्रमा खानेपानी र अन्य क्षतीको बिवरण संकलन गर्ने काम पनि भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
प्रभावितहरु सामुहिक रुपमा बसेपनि बिहान दिउँसोको समयमा आफनो खेतबारी र पशुचौपायाँहरुको रेखदेख गर्न तर्फ फर्किन थालेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनका अनुसार पहिरोले मनोबैज्ञानिक रुपमा असर रहेकाले त्यसलाई पनि हटाउनको लागि पनि प्रयास भइरहेको बताए ।
प्रभावित क्षेत्रमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकार र बिभिन्न संघ संस्था गैरसरकारी संघ संस्थाहरुले आर्थिक एवं राहत सामाग्रीहरु सहयोग गरिरहेका छन् । प्रभावित क्षेत्रमा बिभिन्न संघ संस्थाहरु पुगेर स्वस्थ्य शिबिर लगायत बिभिन्न सहयोगहरु गरेर दैनिकी सहज बनाउने तर्फ सहयोग गरिरहेका छन् ।
पहिरो प्रभावितहरुलाई अस्थायी आवास निर्माण गर्न सुरु भएको छ । पहिरोले घरहरु जोखीम बनाएका परिवारहलाई अस्थायी आवास निर्माण सुरु भएको हो ।
प्रभावितका लागि १७ वटा अस्थायी आवास
सत्यावती गाउँपालिका वडा नं ३ का पहिरो प्रभावितका लागि १७ वटा अस्थायी आवास निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । ठूलो लुम्पेक र लिम्घामा क्षती पुर्याउँदा १२ सय ६० जना प्रभावित भएका छन् ।
प्रभावितको दैनिकीलाई सहज बनाउनको लागि अस्लेवाको देउडाँडामा ८ वटा र ठुलोलुम्पेकको देउरालीमा ९ वटा अस्थायी आवास निर्माण गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सहितको टोलीले तत्काल बस्नको लागि आवास निर्माण गरिदिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) दिपककुमार बस्नेतले बताए ।
गाउँपालिकाका दुई स्थानमा गएको पहिरोमा ३ सय ७ घर प्रभावित भएका छन् । पहिरोले बिस्थापितलाई सोहि स्थानमा निर्माण गरिएका आवासहरुमा र धर्मपूर माबि, नवबिहानी प्राबि, धर्मपूर प्राबि, राम माबि, मनकामना प्राबि, साजपूर प्राबिमा राखिएको छ ।
पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएर खाद्यान्न संकट आएपछि हेलिकप्टर मार्फत केहि राहत पहिरो प्रभावित क्षेत्रमा तेस्रो पटक पठाएको छ । गएको सोमबार काठमाडौंबाट आएको नेपाली सेनाको हेलिकप्टर मार्फत तम्घासमा बिभिन्न संघ संस्थाबाट उपलब्ध भएको २३ क्विन्टल राहतका सामग्री हेलिकप्टर मार्फत प्रभावित क्षेत्रमा पुराइएको थियो ।
यस अघि साउन ७ गते मंगलवार र बुधवार हेलिकप्टर मार्फत परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली सहितको टोलीले २० कुन्टल खाद्यान्न सहित राहत सामाग्री छोडेका थिए । प्रभावित मध्ये पूर्ण क्षती तर्फ १७ वटा घर, ६१ वटा गोठ, ३६ वटा शौचालय रहेका छन् ।
आशिंक क्षतीमा १८ वटा घर, २३ वटा गोठ, १८ वटा शौचालय रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनु भयो । पहिरोमा पशु चौपायाँ तर्फ २८ वटा भैसी, १ गाई, ६७ वटा बाख्रा, २१९ वटा कुखुरा र १९ वटा बंगुर मरको प्रराम्भीर तथ्याङ्क संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
पहिरोमा परेर मंलवार सत्यवति गाउँपालिका २ वटा वडामा ३ वटा घरका १३ र कालिगण्डकी गाउँपालिकाको वडा नम्बर ७ को छापचौरमा १ जना गरि १४ जनाको मृत्यु भएको छ । भने २ स्थानमा ७ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको काठमाडौं र ५ जनाको पाल्पामा उपचारमा छन् ।