गुल्मी
साउन १७ –
गुल्मीका एक युवकको बुटवलको नयाँ बसपार्कमा बसको छतमा शव फेला परेको छ ।
गुल्मी चन्द्रकोट ठेगाना भएका अन्दाजी ३५ वर्षका दीपक थापाको शव बसको छतमा भेटिएको हो ।
पार्किङ गरिराखेको बसको छतमा आंशिक सडेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्यारइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
मृतक थापा बसपार्कमा यात्रुहरुलाई बोलाएर बसमा चढाउन सघाउने काम गर्दै आएका व्यक्ति भएको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीकोले जनाएको छ ।