साउन १८
नेकपाका तत्कालिन संगठन बिभाग प्रमुख जीवराज आश्रितको ७५ औं जन्मजयन्तीका अवसरमा आज बिभिन्न कार्यक्रम गरीदै छ ।
जीवराज आश्रित स्मृति प्रतिष्ठानले आज बुटवलमा नेपालको आर्थिक समृद्धिमा जीवराजको भूमिका बिषयक बिचार गोष्ठि आयोजना गरेको छ ।
बुटव स्थित प्रतिष्ठानको कार्यालय हिलपार्कमा कार्यक्रम हुदै छ । आश्रितको जन्मदिनका अवसरमा प्रतिष्ठानले आश्रित सङ्ग्राहालय आजदेखि
सर्बसाधारणका लागि खुल्ला गरेको छ ।
प्रतिष्ठानले निर्माण गरेको सङ्ग्राहालयको गत फागुन २५ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्वमन्त्री बिष्णु प्रसाद पौडेलबाट
उद्घाटन भएपनि सर्बसाधारणका खुल्ला गरीएको थिएन ।
प्रतिष्ठानका अध्यक्ष उमाकान्त बस्यालले जीवराजले लेखेका पुस्तक, नोटबुक, प्रयोग गरेका सामग्री सहित नेपाली परम्परा र सस्कृतिका बस्तुहरु
सबै तत्कालिन अवस्थामा नरहेका अहिले ति सबै जुटाएर आकर्षक बनाइएकाले सर्बसाधारणका लागि खुल्ला गरीएको जानकारी दिनुभयो ।
सङ्ग्राहालय अवलोकनका लागि अशक्त,बिद्यार्थी तथा जेष्ठ नागरीकलाई २५ रुपैया र अन्यलाई ५० रुपैया शुल्क तोकिएको छ ।
स्वर्गिय जीवराज आश्रित गुल्मीको चन्द्रकोट गाँउपालिकामा जन्मनु भएको थियो । उहाको राजनैतिक जिवन गुल्मी बाट सुरु भएको थियो ,
उहाकी श्रीमती माया ज्ञवाली सक्रिय राजनितिमा हुनुहुन्छ उहाका एक छोरी र एक छोरा हुनुहुन्छ ।
उहा शिक्षण पेशा हुदै सक्रिय भुमिगत राजनितिमा प्रवेश गर्नु भएको नेकपा गुल्मीका अध्यक्ष मधुकृण पन्तले बताउनु भयो ।
उहाको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा संकास्पद सवारी दुर्घटनामा मृत्यु भएको थियो ।