गुल्मी,
साउन १८ –
गुल्मीमा एक वालिकाको पिङ्ग खेल्ने डोरी घाटिमा बेरिएर मृत्यु भएको छ ।
जिल्लाको चन्द्रकोट गाउँपालिका–२ भिरखानी निवासी ८ वर्षिय सन्ध्या परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी कार्यालय प्रमुख एसपी दिपककुमार बस्नेतले बताए ।
अभिभावकले खेल्नका लागि घरमै बनाइएको पिङ्गको डोरी घाँटिमा बेरिदाँ बालिका गम्भीर घाइते भएको र उनको स्थानिय मेडिकलमा उपचारका क्रममा मृत्यु भएको एसपी बस्नेतले बताए ।
वालिकाको सवलाई पोष्ट मार्टमका लागि शनिवार विहान सदरमुकाम तम्घास ल्याइदैँ छ ।
स्मरण रहोस एक बर्ष अघि गुल्मी मै मोटरसाईकलमा सवार एक युवती आफैले पहिरिएको सल मोटरसाईकलको चेनले घाँटीमा बेरिदा ज्यान गएको थियो ।