अनिल खत्री
१९ साउन, गुल्मी ।
गुल्मीमा शिबिरबाट व्यवसायीको कर संकलन गरिएको छ । आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय तानसेन पाल्पाले
जिल्लाको सदरमुकाम तम्घासमा शिबिर सञ्चालन गरेर कर संकलन गरिएको हो ।
जिल्ला सदरमुकाम तम्घासमा २ दिनसम्म सञ्चालन भएको शिबिरमा बिभिन्न व्यवसायीहरुले आन्तरिक राजस्व बिभाग करदाता सेवा
कार्यालय तानसेन पाल्पाको सेवा प्रदान गर्न शिबिर राखिएको कार्यालय प्रमुख एवं कर अधिकृत सागर पोखरेलले बताउनु भयो ।
कार्यालको सेवा पहँुच भन्दा टाढा रहेका करदाताहरुलाई सेवा प्रवाहमा सहजता ल्याउनको निम्ति शिबिर आयोजना गरिएको
कार्यालय प्रमुख पोखरेलको भनाई छ ।
शिबिरमा कर संकलन, खाता प्रमाणीत, भ्याटमा दर्ता, कारोवार परिर्वतन, अन्तशुल्क संकलन जस्ता कामहरु गरिएको कर
अधिकृत पोखरेलले बताउनु भयो ।
करदाताहरुले बिभिन्न व्यवसायहरु कसरी सञ्चालन गनर् कर कहिले तिर्ने जस्ता बिषयहरुमा करदाता शिक्षा पनि प्रदान गरिएको
पोखरेलले बताउनु भयो ।
यहाँका व्यवसायीहरुलाई कर तिर्न निकै समस्या रहेकाले शिबिरबाटै भएपनि कर तिर्नुपर्ने बाध्यतालाई अत्य गर्न शिबिर राखिदिन
कार्यालयलाई आग्रह गरिएको गुल्मी चेम्बर अफ कमर्शका महासचिव कृष्ण भण्डारीले बताउनु भयो ।
सबैपक्षका समन्वयमा शिबिर पनि सम्पन्न भएको भण्डारीले बताउनु भयो । व्यवसायीको हितको निम्ति आगामी दिनमा पनि यस्तै
शिबिरहरु सञ्चालन गर्न खोजी रहेको भण्डारीले बताउनु भयो ।
करदाता सेवा कार्यालय पाल्पाले गुल्मी र पाल्पा हेर्ने गरि कार्यालय स्थापना भएको छ । तर यहाँका व्यवसायीहरु बिभिन्न व्यवसायको
कर तिर्न पाल्पा, बुटवल जानुपर्ने बाध्यता रहेको छ । घरदैलो मै सेवा पाउदा यवसायीहरुले खुसी व्यक्त गरेका छन् ।
वर्षातको समयमा कर बुझाउनको निम्ति बाहिर जानु पर्ने र यहिँ कर बुभाउन पाउँदा समयको पनि बचत भएकाले खुसी व्यक्त गरेका हुन् ।
तम्घासमा चलेको शिबिरमा कर बुझाउन आएकी मालिका गाउँपालिका वडा नम्बर ५ छापहिले निवासी गोमा गिरीले करदाता शिक्षा नहुँदा
धेरै साना व्यवसायीहरु मर्कामा परेको बताउनु भयो ।
तम्घासमै सेवा पाउदा सुबिधा भएपनि कहिले कर तिर्ने, कुनकुन व्यवसाय गर्दा कर तिर्नु पर्छ भन्ने जस्ता बिषयमा अन्योल रहेको गिरीले
बताउनु भयो । व्यवसायीहरुले शिबिर भन्दा पनि यहाँ कर संकलन गर्ने कार्यालय नै स्थापना भएसाना व्यवसायीहरु कर संकलन गर्ने तथा
कर तिर्ने जस्ता बिषयमा जानकारी राख्न पाउने उहाँको भनाई छ ।
उहाँ जस्तै धेरै गाउँबाट आएका साना व्यासायीहरु करले कर बारे धेरै कुरा जानकारी नभएको बताउनु भयो । कर भ्याक बारे जानकारी
नहुँदा साना व्यवसाय गर्नेहरु ठूलो रकम तिर्नुपर्ने बाध्यता पनि रहेको व्यवसायीहरुको तर्क रहेको छ ।
शिबिरमा १ हजार बढिले सेवा लिए,१० लाख वढि बचत तम्घासका व्यवसायीहरुले पाल्पा बुटवमा पुगेर कर तिर्न जाँदा प्रति व्यक्ति
१ हजार भन्दा वढि रकम खर्चिनु पर्ने बाध्यता थियो ।
शिबिर बाहेक सदरमुकाम तम्घासमै कर बुझाउदा पनि अतिरिक्त शुल्क लाग्ने गर्दथ्यो । तर तम्घासमा राखिएको शिबिरमा व्यवसायीहरुले
कार्यालयमा बुझाउनु पर्ने रकम बाहेक अन्य रक मभने तिर्नु पर्ने थिएन् ।
यसरी तम्घासमै शिबिर सञ्चालन गरेर राजस्व संकलन गर्दा यहाँका व्यवसायीहरुको ठूलो आर्थिक रकम पनि बचत भएको छ । शिबिरमा १ हजार
३७ जना व्यवसायीहरुले कर तथा राजजस्व तिरेका थिए ।
व्यावसायीबाट २० लाख राजजस्व संकलन भएको कर अधिकृत सागर पोखरेलले बताउनु भयो । यसरी व्यवसायीको पाल्पा सम्म पुग्ने मात्रै
सामान्य प्रति व्यक्ति १ हजार रकम मात्रै खर्च हिसाव गर्दा पनि १० लाख वढि बचत भएको तम्घासका व्यवसायी बिरेन्द्र भुसालले बताउनु भयो ।
न्युनतम रकम राखेर हिसाव गर्दा पनि व्यवसायीहरुको ठूलो रकम बचत भएको भुसालले बताउनु भयो । शिबिर बाहेक तम्घासमै,
पाल्पा बुटवमा गएर कर बुझाउदा प्रति व्यक्ति हजार भन्दा वढि आउदा जाँदा खचिर्नु पर्ने बाध्यता रहेको छ ।
उहाँले २ दिनको शिबिरमा सबै व्यवसायी समेटिन नसकेको भए आगामी भदौमा पनि शिबिर राखिने बताउनु भयो । समय र रकम बचत हुँदा
यहाँका व्यवसायीहरुले खुसी व्यक्त गरेका छन् ।
आर्थिक रकम र समयको बचत हुँदा यहाँका व्यवसायीहरुले यस्ता शिबिर आमागी दिनहरुमा पनि राख्नु पर्नेमा जोड दिएका छन् ।