१९ साउन ।
गुल्मीको सत्यवति गाँउपालिकाका पहिरो पिडितहरुका लागि हेलिकप्टर एसोसियसन अफ नेपालका महासचिव
योगराज शर्मा कंडेलले नगद र राहत समाग्री हस्तान्तरण गर्नु भएको छ ।
नेपाली काँग्रेस केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य योगराज कंडेलले आफ्नो तर्फ बाट नगद रकम रु ५५ हजार सहित,
पहिरो पिडित विद्यार्थीहरुको अध्ययनका लागि,समाजिक सञ्जालको माध्यमबाट स्वदेश तथा विदेशमा सहयोग अभियान सञ्चालन गरि
६ लाख,५ हजार र सत्यवति गाँउपालिकाको विपत व्यवस्थापन कोषका लागि गुल्मेली अधिकृत समाजद्धारा संकलन गरिएको २ लाख,५१ हजार गरि
कुल ८ लाख,५१ हजारको चेक शनिवार सत्यवति गाँउपालिका वडा नं. ३ ठूलोलुम्पे र वडा नं.४ लिम्घाका पहिरो पिडितहरुलाई
सत्यवति गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई हस्तान्तरण गर्नु भएको हो ।
साथै पहिरो पिडित विद्यार्थीहरुको अध्ययन लागि लायन्स अफ काठमाण्डौ मेल्विन जोन्स,नेपाली काँग्रेस गुल्मी काठमाण्डौ सम्र्पक समिति,
परदेश एकता सहकारी,हाम्रो श्रङ्गेली समूह,खज्याङ्ग काठमाण्डौ समाज तथा अष्टेलिया, क्यानाडा,दुवई,जापान,भारत,दक्षिणकोरिया,अफ्रिका,
ब्रिटेन युके,अमेरिका तथा नेपालका विभिन्न शहरबजारका स्थानमा हरेका नेपालीहरुलाई समाजिक सञ्जालको अभियान चलाएर ६ लाख ५ हजार
रकम संकलन गरिएको थियो ।
सहयोगकार्य जारी रहेको सहयोगका अभियान्ता कंडेलले बताउनु भयो ।
युवा नेता कंडेलले भने यो विपत्तिको बेला कुरा होइन काम गर्ने बेला भएकोले मानवीय सेवा नै जीवनको सबैभन्दा ठूलो धर्म हो भन्दै
दुखको बेलामा आफूसक्दो सहयोग गर्न सबैलाई आग्रह गर्नु भयो ।
साथै नेता कंडेलले विगत लामो समयदेखि सामाजिक रुपमा विद्यालय संघ संस्था लगायतमा सहयोग गदै आउनु भएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काग्रेस गुल्मीका पूर्व पार्टी सभापति चन्द्र बहादुर केसी,नेपाली काँग्रेस गुल्मी काठमाण्डौ सम्र्पक
समितिका उपाध्यक्ष कृष्ण खरेल,सचिव गोविन्द्र गौतम,समितिका सदस्य अमृत ज्ञवाली, नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि तेज बहादुर महत,
नेपाल शिक्षक संघका कृष्ण भण्डारी सञ्चारकर्मी कौरव खत्री लगायतको सहभागिता रहेको थियो