अनिल खत्री
२० साउन, गुल्मी ।
एउटै व्यक्तिको प्रयासले भएको परिर्वतन प्रति अधिकारकर्मीले खुसी व्यक्त गरेका छन् ।
गुल्मीका नागरिक अधिकार कर्मीहरुले जिल्ला प्रशासन कार्यालय गुल्मीले एक वर्षमा नागरिकलाई शुसासन दिन परिर्वतन ल्याएको बताएका हुन् ।
जिल्ला प्रशानस कार्यालय गुल्मीले एक वर्षमा गरेका कार्यक्रमहरु सार्बजनिक कार्यक्रममा नागरिक अधिकार कर्मीहरुले प्रशासनले गरेको
सुधारको सिको गर्न आग्रह गरेका थिए ।
नागरिक अधिकार कर्मीहरु पदमप्रसाद पाण्डेय, बिष्णु भण्डारी, हिरा कुँवर, बिनोद पाण्डेय,
गुणानिधी शर्माले एक कार्यालयले गरेका सुधारका कामहरु अरु कार्यालयले पनि सिको गर्नुपर्नेमा जोड दिएका थिए ।
अधिकारकर्मीहरुले सेवाग्रहीले चाहेको सेवा जिल्ला प्रशासनले प्रदान गरेकाले यसको सिको अरु कार्यालयले गरे नागरिकले शास्ती व्यहोर्नु नपर्नेमा
जोड दिएका थिए ।
प्रशासनले भर्याको माथिल्लो सिडीबाट सफा गरेकाले यस्तै सफा गर्ने काम अरु कार्यालयले गरे नागरिकले शुसासनको अनुभूति
गर्न सकिने बताएका थिए ।
अधिकाकर कर्मीहरुले प्रशासनको कार्यालय प्रमुखको बैठमा प्रशासनले गरेका सुधारका कामहरु जिल्लाका हरेका कार्यालयहरुमा हुनुपर्ने
वातावरण बनाउन आग्रह गरेका थिए ।
कार्यालयले एक वर्षमा गरेका कामहरुको बारेमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बिभिन्न कार्यालय प्रमुख, नागरिक अधिकार कर्मी
पत्रकारहरुको सहभागितामा सार्बजनिक गरेका थिए ।
अधिकारकर्मीले नागरिक मैत्री सेवा र सेवा ग्राहीको सहजताको लागि जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिक सहयता कक्ष स्थापन देखि
हुलाक टिकट जस्ता समान्य बितरणले सेवा ग्रहीलाई ठूलो राहत भएको बताएका थिए ।
केके भए सुधार
जिल्ला प्रशासन कार्यालय गुल्मीमा सहायता कक्षले काम बिशेषले गुल्मी प्रशासनमा पुग्ने जो कोहि अलमलिनु पर्ने बाध्यत हटेको छ ।
सेवाग्राहीलाई कुनै पनि निवदेन लेख्न पैसा खर्च गर्न नपर्ने गरि प्रशासनकै खर्चमा छपाई २२ प्रकारका निवेदन र अन्य फारम
निःशुल्क उपलब्ध गराइएको छ ।
प्रशासनको कामकोलागि सेवाग्रहीबाट बाहिर निबेदन लेख्दने बिचौलीयाले चर्को मुल्य लिएर ठग्ने काम भएपछि त्यसको अत्य गर्न
प्रशासन कार्यालयमै नागरिक सहायता कक्ष स्थापन गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
बिचौलीयाको अत्यसँगै धेरै क्षेत्रमा गरिएका सुधारहरुको बारेमा गरिएका प्रयासको बारेमा प्रमुख जिल्ला अधिकारीले कार्यक्रममा राखेका थिए ।
जिल्ला प्रशासनमा कुनैपनि काममा लाग्ने सामान्य निबेदन लेख्दा बिचौलियाले ५ सय देखि १५ सयसम्म लिने गरेको पाइएको थियो ।
सहायता कक्षबाट हाल दैनिक ५० देखि १ सय जनासम्मको निबेदन लेखिदै आएको छ ।
प्रशासन कार्यालयमा राहदानीको राजश्वमा लाग्ने दस्तुर बाहेक अरु खर्च नलाग्ने गरि सेवाग्राहीले सेवा लिने बतावारण तय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा डिजिटल वडापत्र,सिसी क्यामरा, निशुल्क इन्टर नेट पनि राख्ने काम पनि भएको छ ।
यसले कुन शाखाबाट के काम हुन्छ भन्ने जस्ता सेवाग्रहीले एकै ठाउँबाट पाउने गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले अन्य जिल्लाबाट अभिलेख पठाउन र पाउने पनि व्यवस्था मिलाएको छ । यसले सेवाग्रही बाहिर धेरै रकम
खचिर्नु पर्ने बाध्यता अत्य गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।
यसले प्रशासनिक काममा सेवाग्रहीलाई ठगिनबाट रोक्नुका साथै काम गर्न सहज बनाएको सेवाग्रहीको भनाई छ ।
प्रशासनले कार्यालयसँगै तम्घास बजारमा सिसीटिभी क्यामरा जडान पनि थालनी भएको छ । यसले तम्घास बजारमा हुँने अपराधीक
क्रियाकलापहरुलाई रोक्न मद्दत गर्ने उदेश्य राखिएको छ ।
प्रशासनकै पहलमा जिल्ला कारागारमा रहेका कैदी बन्दीलाई कारागार भन्दा पनि सुधार गृह बनाउने प्रयास पनि भएको छ ।
कैदीबन्दीलाई दिइएको योग शिबिर र सकरात्मक सोचको प्रर्शिक्षण र कारागारमै हाउस वयरिङ्ग तालिमले कैदी बन्दीको जिवनमा
सोचमा परिर्वतन ल्याउने काम भएको छ ।
यसले पनि त्यहा रहेका कैदीबन्दीहरुले बन्दी जीवनलाई सुधारहुने अबसर पाएको बताएका थिए ।
गरिएका कामहरु बाहिर देखाउने भ्नदा पनि सेवाग्रहीले कामको शिलसिलामा अनुभूति मिल्ने गरि परिर्वतनको प्रयास गरिएको
प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
कति बचत भयो सेवाग्रहरीको
जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकको सेवाप्रवाहलाई सेवामैत्री बनाउनको निम्ति गरेका प्रयासले नागरिकलाई प्रशासनको काममा
सहजता मात्रै बनाएको छैन् यसले सेवाग्रहीको आर्थिक रकम पनि बचत गराएको छ ।
जिल्ला प्रशासनले नागरिकलाई सेवाप्रहमा सहजता ल्याउने शिलसिलामा २ करोड वढि नागरिकको बचत भएको छ । प्रशासनले गरेका
बिभिन्न सुधारका कामहरुले सेवाग्रहीको ठूलो आर्थिक रकम पनि बचत भएको हो ।
प्रशासनले गाउँमै राखेको घुम्ती शिबिरबाट २४ सय जनाको १ करोड ३१ लख रकम बचत भएको छ । नागरिता लिन सदरमुकाम
तम्घास आउनु पर्ने बाध्यताले धेरै रकम खर्चिनु पर्ने थियो ।
तर गाउँमै शिबिरले नागरिकले घर छेउँमै सेवा लिन पाउँद उक्त रकम बचत भएको जिल्ला प्रशासन कार्यालय गुल्मीको प्रशासकीय अधिकृत
लक्ष्मण पाण्डेयले बताए । प्रशासनले राहदानी फर्म भर्ने शिलसिलामा लिइने मुल्यामा एकरुपता ल्याउदा पनि ठूलो रकम बचत भएको छ ।
फारम र फोटो खिचेको मुल्य मनोमानी थियो । प्रशासनले फारमसँगै बिलहरु र रकमको एकरुपता तोकेपछि ठूलो रकम बचत भएको छ ।
६९ सय २८ जनाले ल्याएको सेवाबाट २१ लाख रकम बचत भएको छ । प्रशासनले राहदानीको फारम र फाटो खिचको ३ सय मुल्य
तोकेको प्रशासकीय अधिकृत पाण्डेयले बताए ।
प्रशासनले राखेको सहायता कक्षाबाट सेवाग्राहीलाई कुनै पनि निवदेन लेख्न पैसा खर्च गर्न नपर्ने गरि प्रशासनकै खर्चमा निवेदन र अन्य फारम
निःशुल्क उपलब्ध गराइएको छ । सहायता कक्षामा ७३ सय ५९ जना सवाग्रहीले सेवा लिएको प्रमुख जिल्ला अधिकारी पौडेलले कार्यक्रममा बताएका थिए ।
सेवाग्रहीले लिएको सेवा प्रवाहबाट नागरिकको ३८ लाख बचत भएको छ । बिचौलिहाले बाहिर निबेदन लेखेको ५ सयदेखि १५ सयसम्म दिने गर्दथे ।
त्यस्तै बेजिल्ला प्रमाणितमा ३ हजार ८४ प्रति अभिलेख पठाउने काम भएको थियो ।
त्यसबाट १८ लाख बचत भएको छ । सेवाग्रहीले यस अधि अभिलेख बाहिर झिकाउने गर्दथे । प्रशासनले हुलाक टिकट कार्यालयमै दिने
व्यवस्थाबाट २० हजार प्रति टिकटबाट १ लाख बचत भएको छ ।
सेवाग्रहीले हुलाक टिकट हुलाक कार्यालय नगई नजिकै पसलमा ५ रुपैयाँको लाई १० का किन्ने गर्दथे । यसरी प्रशासनले गरेका सुधारका
प्रयासबाट सेवा प्रवाहमा सुधारसँगै आर्थिक रकम बचत भएकाले अधिकारकर्मीले प्रशासनको कामको प्रशंसा गरेका थिए ।
झण्डै ३ करोड राजस्व संकलन
प्रशासनले एक वर्षमा २ करोड वढि राजस्व संकलन गरेको छ । कार्यालयहरु मध्ये धेरै राजस्व संकलन गर्ने कार्यालयमा
जिल्ला प्रशासन कार्यालय गुल्मी रहेको छ ।
एक वर्षमा २ करोड ६२ लाख ८१ हजार राजस्वर संकलन भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । एक वर्षमा
जिल्ला भर भबितव्य र अरु बिभिन्न कारण बाट १ सय १ सय २३ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख रहेको छ ।