अनिल खत्री
२० साउन, गुल्मी ।
गुल्मी सिमाना र बाग्लुङ जिल्लाको तुरतुरेमा पहिरोले खोला थुनिएर बनेको कृतिम ताल फुटेर
पानी ५० प्रतिशत पानी बगेको छ ।
पानीको चाप बढेपछि सोमबार राति २ बजेपछि तालको पानी फुटेर बग्न थालेको हो । करिव ७
घण्टा थुनिएर बनेको ताल एकैपटक
नफुट्दा बडिगाड खोलाको तटिय क्षेत्रमा अरु क्षति भएको छैन् ।
ताल फुटेसँगै बढिघाट गाउँपालिकाको भिङगिठे अन्र्तगत मध्ये पहाडी लोकमार्ग सडकको २ सय मिटर
पक्की मोटरबाटो समेत बगाएको छ । बाटो बगाउँदा गुल्मीहुँदै बाग्लुङ बुर्तिबाङ सडक अबरुद्ध बनेको छ ।
बाटो बगाउँदा त्यस स्थानका स्थानियलाई पैदन यात्रा गर्न पनि बन्द भएको छ । बैकल्पिक सडक समेत
नभएको अवस्थामा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि त्यहाँका स्थानियलाई सास्ती भएको छ ।
बाटो अबरुद्ध भएपछि त्यस स्थानमा खाद्यान्न लगायत अरु उपभोग्य सामाग्रीको अभाव हुँने देखिएको छ ।
बाटो मर्मत गर्न धेरै समय लाग्ने देखिएको छ । गत वर्षको भदौमा पहिरोले बनेको ताल एक वर्षपछि फुटेको हो ।
बाग्लुङ जिल्लाको बढिघाट गाउँपालिका वडा नम्बर ७ र डोरपाटन नगरपालिका वडा नम्बर १ को तुरतुरे भन्ने
स्थानमा चट्टान सहितको ठूलो पहिरो खोलामा खसेर ताल बनेको थियो ।
गत वर्ष पनि पहिरोले तालसँगै मध्यपहाडी लोकमार्ग अबरुद्ध बनाउदा झण्डै २ महिनापछि सडक सुचारु ग्रिएको थियो ।
ताल फुटेपछि अहिले करिव ५० प्रतिशत पानी खोलामा बगेको छ । सडक अवरुद्ध भएको मध्यपहाडी लोकमार्गका
विषयमा आयोजनाका इञ्जिनियरहरुसँग परामर्श भइरहेको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री बताए ।
ताल फुटेपछि रातीदेखि नै सञ्चार माध्यमहरु र प्रहरी टोलीले तटीय बस्तिमा सावधानी अपनाउनका लागि अनुरोध गरेका थिए ।
तालको पानी फुटेर बग्न थालेपछि त्यस स्थानमा डुवानमा परेका घरहरु र खेतहरु पनि देखिएका छन् ।
तालको पानी बिस्तारै फुटदै बग्ने गर्नाले मानविय क्षती भएको छैन् । ताल फुटेपछि नदि किनारमा रहेका
बाग्लुङका भिङगिठे, खारा, खरबाङ र गुल्मीका भुपाचिदी, मजुवा चोरकाटे उल्लीखोला, रिडीसम्मका नदि किनारका
मानिसहरु उच्च जोखिममा परेका छन् ।
नदि किनारमा रहेका सबै मानिसहरु सुरक्षित स्थानमा बस्न भनिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
गुल्मी तर्फ नदि किनारमा पानीको वहाफ वढन साथ पूर्व सुचना यन्त्र पनि जडान भएको छ ।
पानीको बहाफवढन साथ राति ३ बजेबाट त्यसले पूर्व सुचना प्रवाह गरिरहेको पैमुख जिल्ला अधिकारी पौडेलले बताए ।
तालको पानी बग्न थालेपनि कुनै क्षती नगरेको र थप क्षती हुन नदिन पनि सतर्कता अपनाइरहेको प्रजिअ पौडेलको भनाई छ ।
वर्षात पनि भइरहेकाले तटीय क्षेत्रमा सर्तकता अपनाउनु पर्ने अवस्थालाई भने सुरक्षा निकायले सबैलाई सचेत बनाइरहेको छ ।
गत वर्ष सो पहिरोले ताल बनेको बाग्लुङका सिमल चौरका ४ घर डुबानमा परेका थिए ।
पहिरोमा जोखिमपूर्ण यात्रा गर्दा एक जनाको ज्यान पनि गएको थियो ।