चलचित्र ‘हजार जुनी सम्म’ को ट्रेलर सार्वजनिक समारोहमा प्रस्तुत भएकी स्वस्तिमाले
आफूले बिर्सेर पनि यति र उति पारिश्रमिक लिएको कुरा सार्वजनिक नगर्ने बताइन् ।
‘म चलचिक्रको स्त्रिप्ट र मैले निर्वाह गर्ने भूमिकालाई पहिलो प्राथमिकता दिन्छु, उनको भनाइ थियो
‘त्यसपछि मात्र पारिश्रमिकको कुरा आउँछ ।’
स्वस्तिमाले आफ्नो उमेरका बारेमा राखिने जिज्ञासामा जवाफ दिए पनि आफूले पाउने पारिश्रमिकका बारेमा भने
कहिले मुख नखोल्ने दावी गरिन् । अभिनेता–अभिनेत्रीहरूले १५ लाख, २० लाख हुँदै ५० लाखसम्म पारिश्रमिक लिएको
घोषणा गर्ने ट्रेण्डप्रति व्यंग्य गर्दै खड्काले भनिन्
‘कलाकार र निर्माताबीच कुरा मिलेपछि पारिश्रमिक घोषणा गर्नु सामान्य नै होला, तर तपाईंले २० लाख रुपैयाँ पारिश्रमिक
लिनु हुन्छ भने ५० लाख रुपैयाँ फिर्ता गर्ने क्षमता पनि राख्नुपर्छ ।’स्वस्तिमाले पारिश्रमिक चाहिं २० लाख लिने अनि
निर्माताले ५ लाख पनि उठाउन नसक्ने स्थिति साह्रै नमज्जाको भएको समेत बताइन् ।