साउन २१
एम आई डब्लु यामाहा नेपाल पोखराले, श्रेष्ठ मोटरसाईकल शोरुम रुरु गाँउपालिका बलेटक्सार गुल्मीलाई
उत्कृष्ठ डिलरको रुपमा पुरस्कृत एवं सम्मान गरेको छ ।
बिगत १८ बर्ष देखि बलेटक्सारमा अटोका क्षेत्रमा काम गर्दै आएको श्रेष्ठ मोटर साईकल वर्कशपले पछिल्लो समयमा
यामाहाको डिलरको रुपमा स्थापित भई, यामाहा ब्राण्डका मोटर साईकल बिक्री गदैै आएको छ ।
स्थानिय सानो ठाउँ बाट पनि शोरुम एवं डिलरको रुपमा काम गरेर पुरस्कृत भएकोमा श्रेष्ठ मोटरसाईकल शोरुमका
प्रोसरईटर कमल श्रेष्ठले खुसी ब्यक्त गर्दै । आफ्ना ग्राहक र सुभचिन्तक लाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कमल श्रेष्ठ अटोका क्षेत्रमा निरन्तर काम गरि रहनु भएका सफल अटो ब्यवसायी हुनु हुन्छ । बलेटक्सार बजार बाट
नयाँ मोटर साईकल बिक्री र मर्मत सेवा प्रदान गरि रहनु भएकको छ ।