टोपलाल अर्याल
गुल्मी, २२ साउन
इस्मा गाउँपालिकाको सभाहलको बिवाद अख्तियार सम्म पुगेको छ ।
इस्मा गाउँपालिका वडा नं ३ दर्लामचौरको ठाढुङ्गामा गाउँपालिकाले सभाहल निर्माण गरेको छ । ६० लाखको सभाहल
२५ दिनमै सम्पन्न भएपछि सामाजिक संजालमा निकै टिका टिप्पणी भइरहेको छ ।
समाजिक संजालसहित यो बिषय अख्तियार दुरुपयोग आयोग बुटवल सम्म पुगपछि आयोगले मंगलबार
सभाहलको अवस्थाको बारेमा जानकारी लिएको छ ।
आयोगबाट आएको शाखा अधिकृत बाबुराम पौडल र इन्जिनीयर प्रकाश पौडेल सहितको टोलीले सभाहलको स्टिमेट अनुसारको
कामको अवस्था, कागज पत्र, बिल भरपाई र अनुगमन समिति, उपभोक्ता समिति लगायतको धारणा बुझेर फर्किएको छ ।
टोली प्रमुख पौडेलले आफुहरु भवनको स्टिमेट अनुसारको नाप जाँच र अन्य कागज पत्र सहितको अवस्था बुझन् आएकाले
कुनै प्रतिक्रिया दिन नमिल्ने बताए ।
तर सामाजिक संजालमा आएकै जस्तो स्थिती नदेखिएको प्रतिक्रिया आफुहरुलाई दिएको अनुगमन समितिका एक सदस्यले बताए ।
सभाहलको बिषयमा साउन १३ गते अख्तियारमा उजुरी परेको कार्यालयले जनाएको छ ।
गाउँपालिकाले गत जेठ २८ गते सभाहल निर्माण गर्न उपभोक्ता समिति मार्फत सम्झौता गरेको थियो । गाउँपालिका अध्यक्ष
लक्ष्मण बिष्टले अख्तियारको प्रतिवेदनका आधारमा मात्रै सभाहलको अवस्था बाहिर आउने बताए ।
उनले सामाजिक संजालहरुमा वस्तुगत स्थितीभन्दा व्यत्तिगत इगोका कारण सभाहललाई उचालिएको बताउँदै बदमास गरेको
ठहर भए जोसुकैले कानुन अनुसार सजायँ भोग्ने प्रतिक्रिया दिए ।
अनुगमन समिति संयोजक तथा गाउँपालिका उपप्रमुख बिमला खत्रीले प्राविधीक रिर्पोटका आधारमा काम भएकाले आफ्नो कम्जोरी भए
सजायँ भोग्न र जनतासंग आम माफी माग्न तयार भएको बताइन् ।
वडा नं ३ का वडाध्यक्ष तोयनाथ शर्मा सापकोटले नेपालमा समयमै काम भएको कसैलाई नपच्ने प्रतिक्रिया दिए । ‘कमसल काम गरेर
पैसा खाएको प्रमाणित भए नेल लगाउँछौ, समयमै काम गर्नेले स्याबासी पाउनुपथ्र्यो,’उनले भने,‘बजेट फ्रिज नगराउनुनै हाम्रो गल्ती भएछ ।’
सापकोटाले कुनै उपाय नपाएर ज्वाईसंग जोडेर बदनाम गरिएको बताए । उपभोक्ता समितिका अध्यक्ष शेर बहादुर खत्रीले
तीन चरणमा काम भएकाले समयमै काम गरिएको बताए ।
समयमै काम गरेको कारण अहिले मानसिक रोगी हुने अवस्था आएकाले सत्य तथ्य छिटो बाहिर आए जेल जान पछि नपर्ने
प्रतिक्रिया दिए ।
उनले छोटो समयमै खोलाको पानी र रिडीको बालुवा बोकेर दिन रात नभनेर अपाङ्गमैत्री शौचालय सहितको सभाहल बनाएर
पुरस्कृत हुने साटो संजालमा बेइज्यति भएको बताए ।
नेपाली कांग्रेस वडा नं ५ का सभापति राम प्रसाद पन्थले अख्तियारले कामको अवस्था हेर्नु सुखद पक्ष भएको बताए ।
उनले यो कदमले आगामी दिनमा योजनाका काममा थप गुणस्तरियता आउने बताए ।
उनले आफ्नो पार्टीले पनि गुणस्तरियताकै लागि पटक–पटक गाउँपालिका र वडाहरुमा ज्ञापन पत्रहरु बुझाउन तथा
खबरदारी गर्ने काम गरेको प्रतिक्रिया दिए ।