अर्घाखाँची
साउन २३ –
स्वास्थ्य चौकी डिभर्नाको सामुदायिक अंक पत्र सुरु भएको छ ।
पारष्परिक जवाफदेहिता परियोजना अन्र्तगत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा स्वास्थ्य चौकीको समग्र सेवा प्रबाहको गुणस्तरीयता सम्बन्धी सामुदायिक अंक पत्र सुरु गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समितिका संयोजक तथा वडाध्यक्ष धुर्वराज आचार्यले सामुदायिक अंक पत्रले समग्र स्वास्थ्य चौकीको व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सेवा प्रदायकको वास्तविक मूल्यांकन गर्ने अधिकार सेवाग्राहीमा भएको भन्दै सेवाग्रहीबाट आएका सुझावलाई कार्यान्वयन गर्न स्वास्थ्य चौकी तथा वडा कार्यालय प्रतिबद्ध रहेको जिकिर गर्नुभयो ।
वडा सचिव पुस्करनाथ बञ्जाडेले सुशासन र जवाफदेहिता वर्तमान समयमा अपरिहार्य पक्ष भएको भन्दै स्वास्थ्य चौकीको लागि सामुदायिक अंक पत्र महत्वपूर्ण अवसर रहेको बताउनुभयो ।
स्वास्थ्य चौकी इन्चार्ज सुवास चन्द शेर्पाइलीले स्वास्थ्य चौकीले सक्दो सेवा प्रबाह गर्दा गर्दै पनि कतिपय कमीकमजोरी रहेको हुनसक्ने भन्दै सेवाग्राहीका सुझाव सम्बोधन गर्न नगरपालिका तथा जनस्वास्थ्यमा समेत पहल गर्नु बताउनुभयो ।
एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले बिषयवस्तु माथि प्रकाश पारेको कार्यक्रममा सामुदायिक अनुसन्धानकर्मी सागर परियारले सहजीकरण गर्नुभएको थियो ।