साउन २४
बुटवल ।
लुम्विनी बिकास कोषको बैठक गएराति करिव ४ घण्टा लुम्विनीमा नै बसेको छ ।
करिव साढे ८ बजे सुरु भएको बैठक साढे १२ बजेसम्म बसेको थियो । मध्यरातसम्म बसेको बैठकमा
लुम्विनी र आसपासका बुद्धसंग सम्वन्धित क्षेत्रहरुलाई समेटी बृहत्तर गुरुयोजना बनाउनेदेखि नेपाल भ्रमण
वर्ष २०२० र लुम्विनी भ्रमण वर्ष २०७६ सफल बनाउने सम्मका बिषयमा छलफल भएको छ ।
योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त भएपछी पहलिो पटक बसेको
बैठक भएकाले गएरातिको बैठक छलफलमा केन्द्रित भएको थियो ।
कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराई, प्रदेश ५ का मुख्यमन्त्री
शंकर पोखरेल, प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, संस्कृति, पर्यटन
तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा लगायतको उपस्थिति रहेको बैठकमा
कोषका उपाध्यक्ष भन्ते मेत्तेय र निमित्त सदस्य सचिव ई सरोज भट्टराईले लुम्विनीमा अहिलेसम्म भएका
कामहरुका सम्वन्धमा जानकारी गराउनु भएको छ ।
यस्तै
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले पार्टीले चुनावमा घोषणा गरेका ५ वर्षे कार्यक्रम
अर्को चुनाव अघि नै पुरा गर्ने बताउनु भएको छ ।
प्रेस संगठन नेपाल रुपन्देहीले आज दिउसो बुटवलमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उहाले चुनावमा
घोषणापत्रमा उल्लेख गरेका ५ बर्षे कार्यक्रम पुरा गर्ने र दीर्घकालिन कार्यक्रमको आधार तयार गर्ने बताउनु भयो ।
उहालेदुई तिहाइको सरकारले वितेका वर्षमा गति लिन नसकेपनि दिशा भने सही लिएको बताउनु भयो। उहाले
भन्नुभयो सही दिशामा नभएर उल्टो भयो भने जति गतिलिए पनि हुदैन तर हामीले लिएको दिशा सहि छ अब
गति बढाएर बाकी काम पुरा गर्ने छौ ।
उहाले सरकारको दिशा सहि भएकालेनै आर्थिक वृद्धिदर ६ प्रतिशत पुगेको र यो वर्ष ७ प्रतिशत पुग्ने बताउनु भयो ।
भारत,चीन जस्ता छिमेकी राष्ट्र लगाएत अमेरीकासंग समेत नेपालको सम्वन्धमा सम्बन्धमा सुधार आएको बताउनु भयो ।
पत्रकार सम्मेलनमा उहाले प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवा स्थित गौतम बुद्ध बिमास्थललाई आफनो कामको पहिलो
प्राथमिकतामा राखेको उल्लेख गर्दै निर्धारित समय आउदो डिसेम्वर ३० सम्ममा बिमास्थलको पहिलो चरणको काम सम्पन्न गरी
बिमान अवतरण गर्न सक्ने बताउनु भयो । उहाले भन्नुभयो मेरो कामको मूल्यांकन पनि त्यहीबाट सुरु हुन्छ ।
मन्त्री भट्टराईले बिमानस्थल संगै लुम्विनी र आसपासका बुद्धसंग सम्वन्धित क्षेत्रको एकिकृत बिकासका लागि एकिकृत गुरुयोजना
बनाउन लागेको समेत जानकारी दिनुभयो ।
उहाले नेपाल भ्रमण वर्ष ९भिजिट नेपाल २०२०० भव्यताका साथ सुरु गर्ने बताउनु भयो।
उहाले भन्नुभयो ‘सन् २०२० को जनवरी महिनामा साट वटै प्रदेशबाट भिजिट नेपाल –२०२०को भव्य उद्घाटन हुने छ।
विदेशमा रहेका ५० लाखले एक–एक जना पर्यटक पठाउने भनेपनि ५० लाख पर्यटक आउँछन् । उनीहरुलाई भुलाउन
बुद्ध सर्किट,बुद्धसँग सरोकार राख्ने स्थानहरुलाई जोड्नु पर्दछ । यदि सच्चा नेपाली भए उहाँहरुले पर्यटक पठाउनुहुन्छ ।
हैन भने विदेशमा बसेर नेपालका नेतालाई गाली गर्ने,खाल्डाखुल्डीका तस्विर पोष्ट गरेर देश बनेन भन्नु गलत हो । ’
पत्रकार भेटघाट कार्यक्रम प्रेस संगठन नेपालका अमृत गिरीको अध्यक्षता र भुवन कार्कीको सञ्चालनमा भएको थियो