हरी भुषाल
साउन २४,
अर्घाखाँची
अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं ३ मा लडेर एकजनाको ज्यान गएको छ ।
ठुलाखर्क निवासी अन्दाजी करीव २० बर्षिय शिशिर भाटको ज्यान गएको वडा नं ४ का वडा अध्यक्ष
बाबुराम सुनारले जानकारी दिएका छन् ।
बाटोको नजिकै सडक निमार्ण हेरिरहेको बेला लडेर नालीमा ठोक्किएका भाटको घटनास्थलमै ज्यान गएको बुझिएको छ ।
मृतक भाटका वुवा दामोदर भाट स्थानिय प्रभाकर माविमा प्रधानाध्यापकको रुपमा कार्यरत छन भने आमा पनि स्थानिय विद्यालयमा अध्यापनरत छिन ।
घटनाको बिस्तृत विवरण आउदै छ ।
यस्तै
त्रिशूली बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ।
त्रिशूली नदिबाट थप दुई जनाको शव निकालिएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार १६ जनाको सकुशल उद्दार गरिएको हो। अझैं २५ जना हराइरहेको उनले बताए ।
बेपत्तहरुको खोजी कार्य जारी रहेको उनको भनाई छ।
आज बिहान साढे ३ बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित सर्लाहीको
मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस त्रिशूली नदीमा खसेको थियो।
मृत्यु हुनेमा अजय दास र विजय कुर्मी रहेका छन्। बाँकीको परिचय भने खुलेको छैन। त्यस्तै थप दुई जना
एक महिलाको शव मुग्लिनमा र अर्को जुगेडीमा भेटिएको छ ।
उनीहरुको पनि पहिचान भने भएको छैन। बस नदीबाट निकालिएको छ। बसमा कोही पनि यात्रु नभेटिएको
उद्दारमा खटिएका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए।
नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन्। अफ्ठयारो ठाउँ भएका कारण उद्धारमा कठिनाई भएको
प्रहरीको भनाई छ।
चालक निदाएका कारण बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको उनको भनाइ छ।