राधा पोख्रेल ,गुल्मी
साउन २४ –
गुल्मीको गुल्मी दरबार गाउपालीका वडा नम्बर ३ को गौडाकोट नजिकै पिक अप जिप दुर्घटना भएको छ ।
लु २ च ५४७५ नम्बरको पिक अप जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिप गौडाकोटबाट तम्घास तर्फ जादै गरेको थियो ।
जिप सडकबाट करिब ४०० मिटर तल खसको छ ।
अहिले घाईतेको उद्धार गरि २ वटा एम्बुलेन्स बाट श्रृङगा प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।
जिपमा सवार ५ जना घाइते भएका छन ।
घाइते हुनेमा जिप चालक हरि पाण्डे ,कृष्ण पाण्डे,धागिथुम निबासी दिपक बिक , भोगेन्द्र बिक ,रेसुङ्घगा नगरपालीका १२ का शेर बहादुर बिक रहेका छन
घाइतेहरुको अवस्था बारे बिस्तृत बिवरण आउन बाकी छ