काठमाडौं ,
साउन २४ –
शुक्रबार साँझ ६ बजेर २६ मिनेट जाँदा म्याग्दीमा भूकम्प गएको छ ।
यो पराकम्प नभई छुट्टै भूकम्प हो ।
साँझ ६ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
लुलाङ केन्द्रविन्दु भएर ४.७ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेशकुमार सर्माले बताउनुभयो ।
म्याग्दी वरपरका जिल्लाहरूमा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ।
थप बिवरण आउन बाकी छ ।