हरी भुषाल
साउन २५,
अर्घाखाँची
सामुदायिक वन दिवस समारोह तथा पुरस्कार वितरण कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।
“सामुदायिक वनमा नविनतम सोच, उत्पादन, उद्धम र समृद्दिमा जोड” भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा
सहभागीहरुले वन संरक्षणमा सवैको चासो हुनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रमको जिल्ला समितिका प्रमुख पिताम्वर शर्मा भुसालले ब्यानर बाचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा भुसाल सहित शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य अधिकारी,
मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, राजनितिक दलको तर्फबाट
नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद खनाल, धैरेनीपाखो सामुदायिक वनका अध्यक्ष सुमित्रा कुमाल, सामुदायिक वन उपभोक्ता
महासंघ प्रदेश ५ का सचिवालय सदस्य सुर्य केसी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा जिल्लामा उत्कृष्ट बन्न सफल केही सामुदायिक बनका उपभोक्ता समुहहरुलाई सम्मान समेत गरिएको थियो ।
जसमा बेलपोखरी सामुदायिक बन भुनपा ६ प्रथम भएको छ । यसैगरी भगवती सामुदायिक वन, पाणिनी – ७ द्वितीय,
पावर सामुदायिक वन सिनपा – १४ तृतिय भएको छ भने देउराली सामुदायिक वन मालारानी – ४ सान्त्वना हुन सफल
भएको छ । उत्कृष्ट सामुदायिक वनहरुलाई नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा डिभिजन वन कार्यालय अर्घाखाँचीका निमित्त कार्यालय प्रमुख अनिल महतोले कार्यालयले गरेका कामहरुको
प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रम सामुदायिक बन उपभोक्ता जिल्ला महासंघका अध्यक्ष रामचन्द्र पोखेलको अध्यक्षता, सहायक वन अधिकृत
शिला पोख्रेलको संचालन र महासंघका जिल्ला सचिवालय सदस्य मधुकुमार श्रेष्ठको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।
जिल्लामा ४४२ सामुदायिक वनहरु रहेका छन् ।