साउन २५
बुटवल ।
राष्ट्रियता र संघीयताको विषयमा आफ्नै अडान राख्दै आउनु भएका राष्ट्रिय जमोर्चाका
अध्यक्ष चित्रबहादुर केसीले भारत, अमेरिका र युरोपियनबाट नेपालको राष्ट्रियतामाथि खतरा रहेको बताउनु भएको छ ।
भारत, अमेरिकार र युरोपियनहरुलाई नेपाल चाहिएकाले उनीहरुबाट हाम्रो राष्ट्रियता खतरामा रहेको अध्यक्ष केसीको दावी छ ।
अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ रुपन्देहीको दोस्रो जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रियता, अखण्डता र
सार्वभौमिकता बचाउन विदेशी शक्ति केन्द्रहरुसंग सजग रहनुपर्नेमा अध्यक्ष केसीको भनाइ छ ।
राष्ट्रियता, अखण्डता र सार्वभौमिकता देश र जनताको लागि सबैभन्दा ठूलो सम्पति भएको बताउनु भयो ।
उहांले नेपालमा राजनीतिक क्रान्ति पुरा नभएको बताउंदै क्रान्ति पुरा भयो भन्दै जनताको आंखामा छारो हाल्ने काम सत्तापक्षीय
नेकपाले भ्रम सिर्जना गरेको बताउनु भयो ।
कम्युनिष्ट हु भन्दैमा कोही कम्युनिष्ट बन्न नसक्ने उल्लेख गर्दै अध्यक्ष केसीले भन्नुभयो नाम काले हुंदैमा मान कालै हुन्छ भन्ने गलत हो ।
सरकारको नेतृत्व गरेको नेकपाको सरकार कम्युनिष्ट सरकार हुनै नसक्ने बताउंदै सरकार सरकारमा रहेका नेताहरुको आनीवानी,
आचारण, व्यवहार, नीति, सिद्वान्त कम्युनिष्ट नभएको बताउनु भयो ।
२१ औ सताब्दीमा पनि कम्युनिष्टको नाममा भ्रम सिर्जना गरिएकाले नेपालमा कम्युनिष्ट आन्दोलन कमजोर बनेको अध्यक्ष केसीको भनाइ छ ।
उहांले गास, वास, कपासका लागि नेपाली जनताले लामोसमयदेखि संघर्ष गरेपनि अहिलेसम्म जनताका आधारभूत समस्या
हल हुन नसकेको बताउनु भयो ।
सत्तामा रहेकाहरु विदेशी शक्ति केन्द्रहरुसंग बोल्न डराएकै कारण नेपाल अहिलेसम्म परनिर्भतामा गुज्रीएको र देशको अर्थतन्त्र
झनै बिग्रीएको बताउनु भयो ।
भारतको इशारामा नेपालमा भएका उद्योग कलकारखानाहरु बन्द गरिएको उल्लेख गर्दै सत्ताको लोभमा सत्तासिनहरु बोल्न
डराउंदा झनै समस्या भएको बताउनु भयो ।
शिक्षा, स्वास्थ्य, रोजगारी, राष्ट्रिय उद्योग कलकाराखाना नीजि करण गरिएकै कारण नेपाल झनै भारतसंग परनिर्भतामा बाच्नु
पर्ने अवस्थाको सिर्जना गरिएको बताउनु भयो ।
अध्यक्ष केसीले राष्ट्रिय उद्योगहरुको संरक्षणका लागि स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिएर विदेशी आयतलाई रोक्नु पर्ने
बताउंदै राज्यले नीति, नियम कार्यक्रम बनाउन सके विदेशबाट आयत हुने समानलाई रोक्न सकिने र त्यसका लागि
सत्तासिनहरुको सोंच, विचारमा परिवर्तन आउन जरुरी रहेको बताउनुभयो ।
नेपाललाई आर्थिक रुपमा स्वतन्त्र र आत्मनिर्भर देश बनाउनु पर्छ, त्यसका लागि सामूहिक राष्ट्रिय लगानीलाई प्राथमिकता
दिनुपर्ने उहांको तर्क छ ।
नेता केसीले संघीयताले काटेको घाउमा नुन, चुक थप्ने काम गरेको बताउंदै संघीयताको आवरणमा हिमाल,
पहाड छोडिएको बताउनु भयो । अझैपनि संघीयताकोपछि लागे देश सयौं वर्षपछि पर्ने बताउनु भयो ।
केन्द्र र स्थानीय तहलाई बलियो बनाएर प्रदेशको संरचना खारेज गर्नुको विकल्प अरु केही नभएको दावी गर्दै उहांले भन्नुभयो
देशले आर्थिक रुपमा संघीयता थेग्नै सक्दैन ।
नेपाल भारतको एकाधिकारको वजार भएको उल्लेख गर्दै भारतबाट आउने तिउन, तरकारी, फलफुल, खाद्यान्नमा विषादीले भोरे
पठाउंदा पनि सरकार बोल्न नसकेको बताउनु भयो ।
सत्ता फुत्कने डरले सत्तामा रहेका दलका नेताहरु बोल्न नसकेको आरोप लगाए । कम्युनिष्टको नाममा बनेको दुई तिहाई सरकार
कम्युनिष्ट नभएको दावी गर्दै कम्युनिष्ट हुनका लागि निश्चित आचरण र सिद्वान्तनिष्ठ हुनुपर्ने बताउनु भयो ।
प्रदेश सभा सांसद तारा जीसीले देलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनु पर्ने र त्यसका लागि विदेशी लगानी रोक्नु पर्ने बताउनु भयो ।
उहांले सरकार नै विदेशी लगानीको पक्षमा रहेकाले सरकारकै गलत कामले नेपालमा उद्योग कलकारखानाहरु खुल्न नसकेको बताउनुभयो ।
अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रिय अध्यक्ष ढुण्डीराज पौडेलले मुलुकको आर्थिक क्रान्तिका लागि राज्यले उद्योगमैत्री
नीति बनाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा मसाल रुपन्देहीका प्रवक्ता नारायण जीसी, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी,
रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, यज्ञप्रतिघात पौडेललगायतले बोल्दै राज्यको राष्ट्रिय उद्योग नीति गलत भएको बताउनु भयो ।
व्यापार घांटा बढेर अहिले १४ अर्व घांटामा रहेको बताउंदै सरकारले उद्योगी व्यवसायीका समस्या बुझ्न नसकेको बताउनु भयो ।
संघका कार्यकारी अध्यक्ष नेत्र आचार्यको अध्यक्षता र कोषाध्यक्ष गंगालाल सापकोटाको सञ्चालनमा कार्यक्रम भएको थियो ।