बुटवल
साउन २६ –
प्रदेश ५ सरकारले ईदको अवसरमा सोमबार सार्वजनिक बिदा दिने भएको छ ।
इस्लाम धर्माबलम्बीको पर्व ईद–उल–अजहाको अवसरमा सोमबार प्रदेशमा बिदा दिने निर्णय भएको
प्रदेश ५ सरकारले जानकारी दिएको हो ।
प्रदेश ५ सरकारले साउन २७ गते सोमबार सार्वजनिक बिदा हुने सरोकारवाला सबैलाई जानकारी गराएको छ ।

यस्तै प्रदेश २ को सरकारले पनि ईदको अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ ।
सार्वजनिक बिदाका बारेमा संघीय सरकारले भने अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन ।