काठमाडौ
साउन २७ –
आज देशभर मौसम बदली रहने मौसमविद्ले बताएका छन् ।
देशको पुर्वी र पश्चिमी क्षेत्रका केही ठाउँमा सोमबार भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
देशको पश्चिमी पहाडि भूभागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको हो ।
मनसुनी न्युनचापिय रेखा नेपाल भन्दा तल भएपनि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले
पूर्वी र पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना भएको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।
अहिले केहि स्थानमा हल्का पानी परिरहेको छ ।
देशका अरु ठाउँमा भने दिउँसो हल्का बद्ली हुने र बेलुकातिर चट्याङसहित पानी पर्ने सम्भावना छ ।
तर लगातार पानी पर्ने सम्भावना भने छैन ।