अनिल खत्री
२८ साउन, गुल्मी –
गुल्मीको सत्यवतिका पहिरो पिडितलाई बिभिन्न स्थानबाट सहयोग प्रप्त भएको छ ।
घरवास गुमाएका पहिरो पिडितहरुका लागि गुल्मी समाज पोल्याण्ड बाट रु २ लाख १७ हजार ५ सय रुपैयाँ हस्तातरण गरेका छन् । समाजका अध्यक्ष्य प्रकाश तिवारी, उपाध्यक्ष्य बिदुर शर्मा, सचिब नुम नाथ न्यौपानेको नेतृत्वमा रकम संकल गरिएको हो । उक्त रकम प्रवाशमा रहेका बिभिन्न व्यत्तित्वहरुले सहयोग गरेका थिए । त्यस्तै पहिरो पिडितहरुका लागि गुल्मी समाज पोर्चुगल बाट पनि ७१हजार ५ सय रुपैयाँ सहयोग प्राप्त भएको छ । समाजका बरिस्ट उपाध्यक्ष्य अमृत रिजाल, सचिब अनुप मगरको नेतृत्वमा रकम संकलन गरिएको हो ।
त्यस्तै सोहि स्थानका पिडितहरुको लागि गुल्मीका समाजसेवी एवं फोटो पत्रकार रविलाल पौडेलले संकलन गरेको २० हजार ५ सय ५१ रुपैयाँ, सिता अर्याल युकेबाट १० हजार, हरिप्रसाद पौडेल जापानबाट ५ हजार ५ सय १ रुपैयाँ र प्रतिभा रिजाल जापान ५ हजार ५० रुपैयाँ सहयोग गरेका छन् । संकलित रकम मध्ये मृतक का परिवार लाइ ५ हजारको दरले नगद हस्तान्तरण गर्न ३५ हजार विपद ब्यबस्थापन कोषको खातामा जम्मा रकम ३ लाख ९ हजार ५ सय ५१ रुपैयाँ हस्तान्तरण गरिएको फोटो पत्रकार पौडेलले बताए ।
रकम हस्तातरण गर्न गुल्मी समाज पोल्याण्ड का उपाध्यक्ष्य बिदुर शर्मा, रविलाल पौडेल, शिक्षक दधिराम शर्मा, समाजसेवी हरि शर्मा, फोतोग्राफर देवीराम घिमिरे, बिपिन गुरुङ लगायत को टोलि गएर गाउपालिका अध्यक्ष्य, उपाध्यक्ष्य, वार्ड अध्यक्ष्यको रोहबरमा हस्तान्तरण गरेका थिए । रकम बुझदैँ गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले प्रवाशीहरुले देखाएको यो कदमको उच्च सम्मान गर्दै धयाबाद ब्यक्त गरेका थिए । पिडितहरुको हालसम्म लागि १ करोड वढि रकम संकलन भएको छ ।
साउन ७ गते सत्यवतिका वडा नम्बर ३ र ४ का बिभिन्न स्थानमा गएको पहिरोमा १३ जनाको मृत्यु भएको थियो । भने ठूलो जनधनको क्षती भएको छ । पहिरोबाट १२ सय ६० जना प्रभावित छन् ।