चुरामणि तिमिल्सीना
गुल्मी ,साउन २८ –
सारदा माध्यमिक बिद्यालय चन्द्रकोट गाउपालीका वडा नम्बर १ दिब्रुङ सराङ गुल्मीमा योग कक्षा सुभारम्भ गरिएको छ ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज खरालको प्रमुख आथित्यता रहेको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक रामप्रसाद अर्यालको सभापतित्व रहेको थियो । प्रत्येक दिन १५ मिनेट सन्चालन गरिने शिबिरमा पालैपालो बिद्यार्थिहरुलाई सहभागि गराइने प्रधानाध्यपक अर्यालले बताउनुभयो । बिद्यार्थिहरुको ध्यान केन्द्रित गर्न, आत्मबल बढाउन ,स्वस्थ र आनन्द ग्रहणको लागि यो कार्यक्रमको सन्चालन गरिएको प्रमुख अतिथि खरालले बताउनुभयो ।
यसैबिच रिडिमा हुने महायज्ञको बिषयमा बिद्यालयमा शिक्षक कर्मचारी र फाउन्डेशनका प्रतिनिधिहरु बिच अन्तरक्रिया गरिएको छ । फाउन्डेशनले सरस्वती माध्यमिक बिद्यालय वलिबाङ, हर्राचौर माध्यमिक बिद्यालय हर्राचौर, जनज्वोति प्राथमिक बिद्यालय सराङ र उदय माध्यमिक बिद्यालय का बिद्यार्थि र अभिभावकहरुलाई महायज्ञको बारेका जानकारी गराएको छ ।
महायज्ञको मिति नजिकिदै गर्दा फाउन्डेशनले प्रचारप्रसारलाई तिब्र रुपमा अगाडि बढाइरहेको छ । भोली बुधबार कालीगण्डकी गाउपालीकामा प्रचारप्रसारको लागि प्रबेश गरिने बिपिन थापाले बताउनुभएको छ ।