अनिल खत्री
२९ साउन, गुल्मी
गुल्मीका ५ वटा स्थानिय तहले रक्षा बन्धनको अबसरमा सार्बजनिक बिदा दिएका छन् । जिल्लामा रहेका २ नगर सहित १२ वटा स्थानिय तह मध्ये ५ स्थानिय तहले सार्बजनिक सुचना जारी गरेर बिदा दिने निर्णय गरेका हुन् ।
बिहिवार साउन ३० गते परेको रक्षा बन्धनको अबसरमा छत्रकोट गाउँपालिका, रुरु गाउँपालिका, सत्यवति गाउँपालिका, चन्द्रकोट गाउँपालिका, र गुल्मी दरवार गाउँपालिकाले सार्बजनिक बिदा दिने निर्णय गरेका हुन् । गाउँपालिकाले बुधवार सार्बजनिक सुचना मार्फत सार्बजनिक बिदा दिने निर्णय गरेका छन् ।
जिल्लाका अन्य स्थानिय तहले भने बिदा दिएका छ्रैनन् । साउन शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ। यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
यस्तै अर्घाखाँचीका पाणिनि गाउँ पालिका र छत्रदेब गाउपालिकाले भोलि जनै पुर्णिामा र रक्षाबन्धनको अबसरमा सार्वजनिक विदा दिएका छन ।
दुवै गाउँ पालिकाले स्थानिय सरकारको अधिकार कार्यनयन गर्दै रक्षा बन्धनका दिन सार्बजनिक बिदा दिने निर्यण गरेको पाणिनि गाउँ पालिकाका अध्यक्ष अच्युत गौतमले जानकारी दिनु भयो । हिन्दुहरुको महान पर्व रक्षाबन्धन तथा जनैपुर्णिामाको अबसरमा भोलिको लागि सार्वजनिक विदा दिने निर्णय गरेका हुन ।
यस्तै प्रदेश २ सरकारले पनि रक्षाबन्धन तथा जनै पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।