काठमाडौ
साउन ३२ –
वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको शनिबार निधन भएको छ ।
निमोनियाबाट पीडित रहेकी ७२ वर्षिय अधिकारीको डल्लुस्थित आफ्नै घरमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार अधिकारीलाई केही दिनअघि अस्पतालबाट डिस्चार्ज गरेर घरमा ल्याइएको थियो । उनका एक छोरा र एक छोरी छन् ।
करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका चलचित्रमा चिनो, कन्यादान, भाउजु लगायते चर्चित छन् ।
उनले नाटक गीतिनाटक, टेलिफिल्म र भिडियो फिल्ममा पनि काम गरेकी छन् । उनको पहिलो फिल्म ‘मनको बाँध’ हो ।